दम्पती हत्या आरोपित सात वर्षपछि पक्राउ « Khabarhub

दम्पती हत्या आरोपित सात वर्षपछि पक्राउ


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा व्यापारी दम्पतीको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि पक्राउ परेका छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर बजारकी ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपमा फरार आरोपित मण्डल आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

पसलसँगै रहेको घरमा सुतिरहेका व्यापारी दम्पतीको मण्डलसहितका आरोपितहरूले २०७१ जेठ २१ गते राति हत्या गरेको आरोप छ । यसअघि पक्राउ परेकाहरू सुनसरी हरीपुर गाविस–७ भण्टाबारीका २६ वर्षीय मो कैजुम मियाँलाई सप्तरी जिल्ला अदालतले २०७३ भदौ २६ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले मियाँलाई हत्या आरोपमा सर्वस्वसहित जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद फैसला भएको जिल्ला अदालतले जनाएको छ ।

श्रेस्तेदार कुमार मास्केका अनुसार सुनसरी जिल्लाको श्रीपुर गाविस–८ का ४० वर्षीय मो हैदर अली मियाँलाई हत्या आरोपमा जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद भएको छ । सुनसरी जिल्लाको श्रीपुर जब्दीस्थित कोशी कटान क्षेत्रबाट २०७१ जेठ २९ गते एक थान नल कटुवा पेस्तोल, दुई राउण्ड गोली र गरगहनासहित पक्राउ परेका कैजुम र हैदरलाई जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले २०७१ असार २९ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो ।

यसैगरी सुनसरी हरीपुर गाविस–७ का २७ वर्षीय इनर भनिने इन्द्रदेव कामत र श्रीपुर गाविस–३ कुमयाहीका २६ वर्षीय सागिर मन्सुर मियाँलाई ११/११ वर्ष कैद फैसला भएको छ । सुनसरी नरसिंह गाविस–९ चिरौनीबाट २०७१ असोज ४ गते पक्राउ परेका कामत र सागिरलाई सप्तरी जिल्ला अदालतले २०७१ असोज ६ गते पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो ।

आज पक्राउ परेका मण्डल र सुनसरी हरीपुर गाविस–७ भण्टाबारीका २३ वर्षीय सलिम भनिने अल्लाउद्दिन मियाँ फरार रहेकाले उनीहरूको हकमा मुद्दा मुल्तवीमा राखिएको छ । सलिम अझै पक्राउ परेका छैनन् ।

आरोपितहरूले २०७१ जेठ २१ गते राती हनुमाननगर बजारस्थित पसलसँगै रहेको घरमा वेगवानी दम्पतीको हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालयले आरोपितहरूविरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना ऐनअन्तर्गत ०७१ जेठ २३ गते मुद्दा दर्ता गरेको थियो ।

आरोपितहरूबाट गरगहना किन्ने सुनसरी ईनरुवा नपा–१ घर भई लौकही गाविस–६ मा सुनचाँदीको पसल गर्ने ३४ वर्षीय सुबोध स्वर्णकारलाई हत्या र चोरीबाट सफाई मिले पनि उनले किनेको चोरीको धनमाल पीडित पक्षलाई फिर्ता दिने फैसला भएको छ । रुपनी गाउँपालिका–१ बाट २०७१ असार ४ गते पक्राउ स्वर्णकार अदालतको आदेशमा २०७१ असार २९ गते नगद रु १० लाख धरौटी बुझाई रिहा भएका थिए । –रासस

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ९ : ०१ बजे

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी