दुवै खुट्टा भाँचिएका बालकको सीता एयलाइन्सद्वारा उद्धार « Khabarhub

दुवै खुट्टा भाँचिएका बालकको सीता एयलाइन्सद्वारा उद्धार


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– शनिबार माटो खन्ने क्रममा दुवै खुट्टा भाँचिएका हुम्लाको सिमकोट गाउँपालिकाका ११ वर्षीय युद्ध शाहीको थप उपचार हुने भएको छ ।

आर्थिक अभावले उपचार हुन नसकिरहेका बेला सहयोग जुटाएर घाइते बालक शाहीको आज उद्धार गरिएको हो । बिरामी र कुरुवाका लागि हुम्लादेखि सुर्खेतसम्म लाग्ने हवाई भाडा सीता एयरलाइन्सले निःशुल्क व्यवस्था गरेको छ ।

घरमा आर्थिक अवस्था अति कम्जोर भएका बालकको उपचारमा ठाउँबाट सहयोग जुटाएर हवाइजहाज मार्फत सुर्खेत पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

उठाइएको रकम उपचारबाट बचत भएमा बालकको पढाइमा खर्च गरिनेछ । चौध वर्षकी दिदीसँग बस्दै आएका शाहीका बुबाको मृत्यु भइसकेको छ भने आमाले अर्कैसँग विवाह गरेकी छिन् ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ८ : ०३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले