नेपालमा स्वास्थ्य सामग्री पठाउन सहयोग गर्ने ४८ जनालाई कतारमा सम्मान « Khabarhub

नेपालमा स्वास्थ्य सामग्री पठाउन सहयोग गर्ने ४८ जनालाई कतारमा सम्मान


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोनाका महामारीको बेला नेपालमा स्वास्थ्य सामग्री पठाउन सहयोग गर्ने २ ओटा संस्थासहित ४८ जनालाई कतारमा सम्मान गरिएको छ ।

कार्यक्रममा कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले महामारीको बेला स्वास्थ्य सामग्री पठाएर सहयोग गर्ने २ ओटा संस्थासहित ४८ जनालाई सम्मानपत्र हस्तान्तरण गरिएको दोहास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिए ।

दूतावासका अनुसार सम्मानित हुनेहरूमा नासर अल अलि इन्टर प्राइजेजका अध्यक्ष नासर अल अलि, सफारी ग्रुप अफ कम्पनीजका ह्युमन रिसोर्स म्यानेजर अनुप तुलसीधरन, नेपाली व्यबसायी संघ कतारका अध्यक्ष महेन्द्र प्रसाद चौलागाई, सङ्घका पदाधिकारी तथा सदस्यहरू रहेको जनाएको छ ।

संस्थागत रूपमा नेपाल इन्जिनियर एसोसिएसन दोहा सेन्टरलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै राजदूत भारद्वाजले सम्मानित हुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आवश्यक परेमा यस्तै सहयोग तथा सहकार्यको अपेक्षा रहेको बताए ।

नेपालमा पठाएको उच्चस्तरका स्वास्थ्य सामग्रीको नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरूबाटस मेत प्रशंसा भएको र यस कार्यका लागि सम्बन्धित संस्था तथा व्यक्तिको समुचित मुल्यांकन भएको समेत उनले उक्त कार्यक्रममा जानकारी दिए ।

दूतावासको संरक्षकत्व र नेपाली व्यवसायी सङ्घ कतारका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईको संयोजकत्वमा गठन गरिएको कोभिड – १९ क्राइसिस रिलिफ एण्ड सपोर्ट ग्रुपको सक्रियतामा १ करोड २० लाख बराबरको १४ थान भेन्टिलेटर, ४२ अक्सिजन कन्सन्ट्रेटर, २१ सय थान पल्स अक्सिमिटर र नेजल क्यानुला ५० थान स्वास्थ्य सामग्री खरिद गरी नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बुझाइ सकेको छ ।

उक्त सामग्री स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशका प्रादेशिक अस्पतालहरुलाई समान संख्यामा वितरण गरिनेछ । जसअन्तर्गत हरेक प्रदेशले दुई वटा भेन्टिलेटर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर, ३०० वटा पल्स अक्सिमिटर, सात वटा नेजल क्यानुला पाउने बताइएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ९ : ५५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार