‘देवदास’ सुटिङमा शाहरुखको धोती खुस्किएपछि… « Khabarhub

‘देवदास’ सुटिङमा शाहरुखको धोती खुस्किएपछि…


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘देवदास’लाई बलिउडको एउटा उत्कृष्ट फिल्म मानिन्छ । अभिनेता शाहरुख खान र अभिनेत्रीद्वय माधुरी दीक्षित तथा ऐश्वर्या राय बच्चनको करियरको सम्झनलायक फिल्ममा यो फिल्म पनि जोडिन्छ ।

फिल्मले जुलाई १२ मा रिलिजको १९ वर्ष पुरा गरेको छ । यही मौकामा अभिनेता शाहरुखले सामाजिक सञ्जालको माध्यमबाट आफ्ना फ्यान प्रति आभार व्यक्त गरेका छन् । उनले फिल्मको सुटिङ अवधिमा आफूले भोगेको एउटा जटिल समस्याको खुलासा गरेका छन् ।

‘मध्यरातसम्म काम गर्नु, बिहान चाँडै आउनु, सानदार माधुरी दीक्षित, सुन्दर ऐश्वर्या राय बच्चन र जहिल्यै खुशी रहने ज्याकी श्राफ, जीवनले भरिपूर्ण किरण खेर र भन्सालीको नेतृत्वमा काम गरिरहेको उत्कृष्ट टीमको कारण मेरो सबै समस्या सुल्झिए । तर एक समस्या सुल्झिएन–धोती जहिल्यै खुस्किन्थ्यो । प्रेमका लागि धन्यवाद’, उनले पोस्ट गरेका छन् ।

फिल्म सन् २००२ मा रिलिज भएको थियो । फिल्ममा शाहरुखले देवदास, माधुरीले चन्द्रमुखी र ऐश्वर्याले पारोको भूमिका निभाएका थिए । यो फिल्म शरत चन्द्र चट्टोपाध्यायको कालजयी उपन्यास ‘देवदास’माथि बनेको १४ औं फिल्म थियो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १२ : ३० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह