नेमकिपाले भन्यो- सर्वोच्चको फैसला प्रजातन्त्र विरोधी कदम « Khabarhub

नेमकिपाले भन्यो- सर्वोच्चको फैसला प्रजातन्त्र विरोधी कदम


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले सर्वोच्च अदालतको फैसला प्रजातन्त्र विरोधी कदम भएको टिप्पणी गरेको छ।

नेमकिपाले एक विज्ञप्ति जारी गर्दै फैसला व्यवस्थापिकामाथि न्यायपालिकाको आक्रमण र प्रजातन्त्र विरोधी कदम भएको जनाएको छ ।

सचिव प्रेम सुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो अवस्था आउनुनमा भागबण्डामा न्यायाधीश नियुक्ति गर्ने तत्कालीन राजनीतिक दलहरु जिम्मेवार रहेको आरोप लगाएको छन्।

‘यो स्थिति आउनुमा भागबण्डामा न्यायाधीश नियुक्त गर्ने तत्कालीन शासनक दलहरु जिम्मेवार छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले भागबण्डामा न्यायाधीश नियुक्ति गर्नु गलत सावित गर्‍यो। नयाँ जनादेशमा जानु नै तत्कालको उपयुक्त विकल्प भएको पार्टीको अडान पुनः दोहोर्‍याउन चाहन्छौँ।’

यस्तै, सवोच्चको फैसला शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको सचिव सवालले बताएका छन्। ‘राजनीतिक दलका सांसदहरुलाई ह्विप नलाग्ने व्यवास्थाले प्रधानमन्त्री निर्वाचनमा सांसादहरुले दल बदल हुनेछ,’ उनले भने, ‘यो फैसलाबाट संसदीय व्यवस्थामा संसद विघटन गरी निर्वाचनमा जाने प्रधानमन्त्रीको विशेषाधिकारमाथि हस्तक्षेप भएको छ।’

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १२ : २७ बजे

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड