जसपाको कार्यकारिणी र सांसदहरूको बैठक बस्दै « Khabarhub

जसपाको कार्यकारिणी र सांसदहरूको बैठक बस्दै


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा) ले केन्द्रीय कार्यकारिणी र सांसदहरुको बैठक बोलाएको छ।

जसपाको उपेन्द्र यादव-डा बाबुराम भट्टराईपक्षले आज दिउँसोलाई केन्द्रीय कार्यालयमा बैठक बोलाएको उक्त पक्षका एक नेताले जानकारी दिए।

सर्वोच्च अदालतले सोमबार संसद पुन: स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेपछि विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो।

आजै कांग्रेस सभापति देउवाको शपथ हुने र सानो आकारको मन्त्रिपरिषद् बनाउनेबारे पाँच दलीय गठबन्धनमा छलफल भएसँगै जसपाले सरकारमा सहभागिताको बारेमा आजको बैठकबाट निर्णय गर्ने ती नेताले जानकारी दिए।

कांग्रेससहितको गठबन्धनमा जसपाको उपेन्द्र-बाबुरामपक्ष रहेको छ।

उपेन्द्र- बाबुरामपक्षमा जसपाका १२ सांसद रहेका छन्। अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका केही सांसद आफूहरुतर्फ आउनसक्ने आकलन उपेन्द्रपक्षले गरेको छ।

ठाकुरपक्ष भने संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै सरकारमा सहभागी भएको थियो तर सर्वोच्च अदालतले कामचलाउ सरकारले मन्त्री थप गर्न नपाउने भन्दै उनीहरुलाई पदमुक्त गरिदिएको थियो।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १ : ४२ बजे

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड