सौरवको बायोपिकमा रणवीर कपूर | Khabarhub Khabarhub

सौरवको बायोपिकमा रणवीर कपूर


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– क्रिकेटर सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र मोहम्मद अजरुद्दीन पछि अर्को क्रिकेटर सौरव गांगुलीको जीवनीमा पनि बायोपिक बन्ने भएको छ । सौरव भारतीय क्रिकेट टिमको कप्तान भइसकेका छन् ।

पूर्व क्रिकेटर तथा भारतीय क्रिकेटको बोर्ड अफ कन्ट्रोलका अध्यक्ष सौरवले आफ्नो बायोपिकका लागि सहमति दिइसकेका छन् । २ सयदेखि २ सय ५० करोडमा निर्माण हुने यो फिल्मको शीर्ष भूमिकामा अभिनेता रणवीर कपूरको नाम चर्चामा छ ।

सौरव आफैंले समाचारको पुष्टि गरेका छन् । ‘हो, मैले बायोपिकका लागि मञ्जुरी दिइसकेको छु । यो फिल्म हिन्दी भाषामा हुनेछ । मेरा लागि अहिले नै निर्देशकको नाम घोषणा गर्नु बेठिक हुनेछ । सबै कुरा फाइनल भएपछि हामी फिल्मका बारेमा सार्वजनिक गर्नेछौं’, सौरवले भनेका छन् ।

फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । प्रोडक्सन हाउसले सौरवसँग स्क्रिप्टका लागि कैयौंपटक भेटिसकेको छ । केही समय अघि अभिनेत्री नेहा धूपियाले सौरवको अनस्क्रिन भूमिकाका लागि अभिनेता ऋति रोशन ठिक हुने उल्लेख गरेकी थिइन् ।

फिल्ममा सौरवको युवा क्रिकेटर बनेदेखि भारतीय राष्ट्रिय टिमको कप्तान बनुञ्जेलसम्मको यात्रा देखाइनेछ । यसबाहेक उनी कसरी बीसीसीआईको अध्यक्ष बने भन्ने कुरा पनि खुलाइनेछ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ५ : १५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको