राष्ट्रपति कार्यालयको अर्को छली काम, संविधानको धारा उल्लेख नगरी देउवा प्रधानमन्त्री नियुक्त « Khabarhub

राष्ट्रपति कार्यालयको अर्को छली काम, संविधानको धारा उल्लेख नगरी देउवा प्रधानमन्त्री नियुक्त


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन् । नियुक्तिमा राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी अर्को छली काम गरेको छ ।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ तर संविधानको कुन धारा अन्तर्गत नियुक्त गरिएको भन्ने खुलाइएको छैन ।

विज्ञप्तिमा देउवालाई ‘सर्वोच्च अदालत, संवैधानिक इजलासको असार २८ गतेको फैसला बमोजिम’ प्रधानमन्त्री पदमा नियुक्त गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

संवैधानिक इजलासको फैसलाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । देउवाले गत जेठ ७ गते संविधानाको धारा ७६ को उपधारा ५ बमोजिम १४९ जना सांसदको हस्ताक्षरसहतिमा राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए ।

जेठ ६ राष्ट्रपतिबाट धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न आह्वान भएको थियो । संवैधानिक इजलासको फैलाले राष्ट्रपतिको सोही आह्वान क्रियाशील भएको हो तर संविधानको धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्ति जारी भएको छ ।

संविधानको धरा उल्लेख नगर्नुले निकट भविष्यमा अर्को विवाद निम्त्यान सक्नेछ ।

देउवालाई साँझ ६ बजे प्रधानमन्त्रीको सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री नियुक्तिको विज्ञप्ति बदनियतपूर्ण रहेको आरोप लगाए । यस्तो विज्ञप्तिका आधारमा कुनै षड्यन्त्रको ठाउँ राखेको हुन सक्ने उनको अनुमान छ ।

त्रिपाठीले विज्ञप्तिमा आपत्ति जनाएर नियुक्ति ढिलो गर्दा झन् समस्या उत्पन्न हुनसक्ने भएकाले कांग्रेसले तत्कालका लागि बेवास्ता गरेको हुन सक्ने अनुमान पनि गरे ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : ५९ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९