पत्र सच्चिने कुरा मात्रै होइन, प्रवृत्ति प्रधान हो : कांग्रेस प्रवक्ता शर्मा  « Khabarhub

पत्र सच्चिने कुरा मात्रै होइन, प्रवृत्ति प्रधान हो : कांग्रेस प्रवक्ता शर्मा 


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्र मात्र नभई प्रवृत्ति पनि सच्याउनुपर्ने बताएका छन् ।

राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले  ट्वीट गर्दै लेखेका छन्, ‘अब थोरै सच्चिएरै सहकार्य गरौं सम्माननिय रास्ट्रपतिज्यू । पत्र सच्चिनेको कुरा मात्रै होइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो ।’

उनले सर्वाेच्चको फैसला सरकार बदल्न मात्र नभई संरक्षकलाई बदलिनसमेत आदेश दिएको उल्लेख गरेका छन् ।

‘सर्वोच्च फैसलाले सरकार बदल्न मात्र होइन, यहाँ संरक्षकलाई बदलिनसमेत आदेश दिएको बिषयलाई विनम्रसँग आत्मसात गरौं’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना