फरार तीन प्रतिवादी चार वर्षपछि पक्राउ « Khabarhub

फरार तीन प्रतिवादी चार वर्षपछि पक्राउ


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– वन पैदावर हानी नोक्सानी गरेको आरोपमा फरार तीन प्रतिवादीलाई प्रहरीले चार वर्षपछि आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ रामपुरकी ५० वर्षीया जीवा चौधरी, सोही ठाउँका ५२ वर्षीय धनबहादुर चौधरी र ६६ वर्षीया गौरी विश्वकर्मा रहेका छन् ।

विसं २०७४ फागुन १४ गते वन पैदावर हानी नोक्सानी मद्दामा सर्वोच्च अदालतले उनीहरुलाई जनही रु एक लाख ३८ हजार ९१७ जरिवाना गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेका उनीहरुलाई आज घोराही उपमहानगरपालिका–२ बालापुरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेका तीनै जना प्रतिवादीलाई आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १० : ४५ बजे

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई