राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्दै | Khabarhub Khabarhub

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्दै


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बै‌कले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज ४ बजे सार्वजनिक गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सञ्चालक समितिको बैठकपछि मौद्रिक नीति सार्वजनिक तयारी भएको जानकारी दिए ।

बैंकले यसअघि नै मौद्रिक नीति ल्याउने तयारी गरेपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि रोकिएको थियो । गत वर्ष साउन २ गते मौद्रिक नीति ल्याइएको थियो । तर, यसपटक भने मौद्रिक नीति ल्याउन ढिलाई भएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति ल्याउने तयारी साउनको पहिलो साता गरेपनि अर्थमन्त्री जनार्दन शर्माले रोक्न निर्देशन दिएपछि ढिलाई भएको बताइन्छ ।

यसपटकको मौद्रिक नीतिमा बिग मर्जरमा जाने बैंकहरुलाई राष्ट्र बैंकले स्प्रेड दरमा समेत सहुलियत दिने भएको छ । त्यसका साथै ऋण विस्तार १९ प्रतिशत मात्र हुने गरी मौद्रिक नीति ल्याउंदैछ ।

यसपटकको मौद्रिक नीतिमा सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने नीति नआउने स्रोतले दावी गरेको छ । पुंजी वृद्धिका लागि हकप्रद सेयर भने यसपटक पनि नदिने निश्चित भएको छ ।

कोभिडका कारण समस्यामा परेको अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने गरी मौद्रिक नीति ल्याईने तयारी राष्ट्र बैंकको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १२ : ०४ बजे

शङ्खपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको शङ्खपार्कमा एकजना पुरुषको शव फेला परेको छ ।

‘गाउँ आएको बाटो’ : टिजर सार्वजनिक कार्यक्रममा जे देखियो…

काठमाडौं– नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’को टिजर

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक

एकीकृत समाजवादीले भन्यो : हाम्रा कुनै सांसद यताउता भएका छैनन्, पार्टी फुट्दैन

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछिको

फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक

काठमाडौं– नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’को टिजर