राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्दै « Khabarhub

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्दै


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बै‌कले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज ४ बजे सार्वजनिक गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सञ्चालक समितिको बैठकपछि मौद्रिक नीति सार्वजनिक तयारी भएको जानकारी दिए ।

बैंकले यसअघि नै मौद्रिक नीति ल्याउने तयारी गरेपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि रोकिएको थियो । गत वर्ष साउन २ गते मौद्रिक नीति ल्याइएको थियो । तर, यसपटक भने मौद्रिक नीति ल्याउन ढिलाई भएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति ल्याउने तयारी साउनको पहिलो साता गरेपनि अर्थमन्त्री जनार्दन शर्माले रोक्न निर्देशन दिएपछि ढिलाई भएको बताइन्छ ।

यसपटकको मौद्रिक नीतिमा बिग मर्जरमा जाने बैंकहरुलाई राष्ट्र बैंकले स्प्रेड दरमा समेत सहुलियत दिने भएको छ । त्यसका साथै ऋण विस्तार १९ प्रतिशत मात्र हुने गरी मौद्रिक नीति ल्याउंदैछ ।

यसपटकको मौद्रिक नीतिमा सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने नीति नआउने स्रोतले दावी गरेको छ । पुंजी वृद्धिका लागि हकप्रद सेयर भने यसपटक पनि नदिने निश्चित भएको छ ।

कोभिडका कारण समस्यामा परेको अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने गरी मौद्रिक नीति ल्याईने तयारी राष्ट्र बैंकको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १२ : ०४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल