मातृका यादवले बोलेका ‘असंसदीय शब्द’ रेकर्डबाट हटाउन सभामुखको निर्देशन « Khabarhub

मातृका यादवले बोलेका ‘असंसदीय शब्द’ रेकर्डबाट हटाउन सभामुखको निर्देशन


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबारे टिप्पणी गरेका केही शब्दहरू संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

शुक्रबारको बैठकमा विपक्षी दल नेकपा एमालेका सांसदहरूको आपत्तिपछि सभामुखले यादवले बोलेका शब्दहरू हटाउन निर्देशन दिएका हुन् ।

निर्देशन दिँदै सभामुख सापकोटाले भने, ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न भन्ने शब्दहरु प्रतिनिधिसभा नियमावली, २०७३ को नियम १ को खण्ड ङ विपरीत भएकाले संसदको रेकर्डबाट हटाउन निर्देशन दिन्छु ।

आजको बैठकमा एमालेका प्रमुख सचेत विशाल भट्टराईले ती ‘असंसदीय’ शब्दहरू रेकर्डबाट हटाउन हिजै माग गरेको भए पनि सभामुखले ‘मेरो ध्यानाकर्षण भयो’ मात्रै भनेको तर नहटाएको भन्दै विरोध जनाएका थिए ।

उनले एक माननीयले अर्को माननीयलाई संसदको मर्यादा विपरीत ‘असंसदीय’ शब्दहरू प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

उनले गरिमाय संसद निम्छरा शब्द प्रयोग गर्ने ठाउँ होइन भन्दै संसदको गरिमा जोगाउन ‘असंसदीय’ शब्द हटाउनु पर्ने माग गरेका थिए ।

लगत्तै एमाले अर्का एक सांसदले नियमापत्ति गर्न खोजेका भए पनि कुन नियम भन्ने प्रष्ट नपारेको भन्दै सभामुखले बोल्न समय दिएनन् । यसपछि एमालेका सबै सांसदहरू उठेर विरोध जनाएका थिए ।

यसपछि सभामुख सापकोटाले सांसद यादवले बोलेका ‘असंसदीय’ शब्द हटाउन निर्देशन दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  २ : ०५ बजे

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी