मातृका यादवले बोलेका ‘असंसदीय शब्द’ रेकर्डबाट हटाउन सभामुखको निर्देशन « Khabarhub

मातृका यादवले बोलेका ‘असंसदीय शब्द’ रेकर्डबाट हटाउन सभामुखको निर्देशन


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबारे टिप्पणी गरेका केही शब्दहरू संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

शुक्रबारको बैठकमा विपक्षी दल नेकपा एमालेका सांसदहरूको आपत्तिपछि सभामुखले यादवले बोलेका शब्दहरू हटाउन निर्देशन दिएका हुन् ।

निर्देशन दिँदै सभामुख सापकोटाले भने, ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न भन्ने शब्दहरु प्रतिनिधिसभा नियमावली, २०७३ को नियम १ को खण्ड ङ विपरीत भएकाले संसदको रेकर्डबाट हटाउन निर्देशन दिन्छु ।

आजको बैठकमा एमालेका प्रमुख सचेत विशाल भट्टराईले ती ‘असंसदीय’ शब्दहरू रेकर्डबाट हटाउन हिजै माग गरेको भए पनि सभामुखले ‘मेरो ध्यानाकर्षण भयो’ मात्रै भनेको तर नहटाएको भन्दै विरोध जनाएका थिए ।

उनले एक माननीयले अर्को माननीयलाई संसदको मर्यादा विपरीत ‘असंसदीय’ शब्दहरू प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

उनले गरिमाय संसद निम्छरा शब्द प्रयोग गर्ने ठाउँ होइन भन्दै संसदको गरिमा जोगाउन ‘असंसदीय’ शब्द हटाउनु पर्ने माग गरेका थिए ।

लगत्तै एमाले अर्का एक सांसदले नियमापत्ति गर्न खोजेका भए पनि कुन नियम भन्ने प्रष्ट नपारेको भन्दै सभामुखले बोल्न समय दिएनन् । यसपछि एमालेका सबै सांसदहरू उठेर विरोध जनाएका थिए ।

यसपछि सभामुख सापकोटाले सांसद यादवले बोलेका ‘असंसदीय’ शब्द हटाउन निर्देशन दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  २ : ०५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ