चौथो लहर आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित बढ्दै « Khabarhub

चौथो लहर आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित बढ्दै


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको छ ।

कोरोना भाइरसको चौथो वेभ आएको भनिएको शुक्रबार एक हजार नौ सय ९० जनामा कोरोनाको थप सङ्क्रमण भएको बताइएको छ ।

बिहीबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा सङ्क्रमितहरु एक हजार नौ सय ९० जना थपिएका बताइएको छ । योसँगै यहाँका सङ्क्रमितहरुको सङ्ख्या दुई लाख २० हजारजना भन्दा बढी पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्तामा यहाँ कम्तीमा पनि एक हजार ६०० जनामा सङ्क्रमण देखिने गरेको छ ।

बुधबार रातिसम्म यहाँ एक हजार नौ सय ८७ जना सङ्क्रमित थपिएकामा शुक्रबार त्योभन्दा बढी देखिएको हो । यहाँका स्वास्थ्य अधिकारीहरुले अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।

निकै थोरै सङ्ख्यामा मात्र सङ्क्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरू देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ । दक्षिण कोरियाको सरकारले खोप लगाउने कामलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । यहाँ मृत्युदर भने कम रहेको छ । यहाँ अहिलेसम्म यो भाइरसबाट दुई हजार एक सय ४४ जनाको ज्यान गएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  २ : २१ बजे

आज २०८३ साल असार १४ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट