पिटाइ खान चाहने कवि लर्ड बायरन | Khabarhub Khabarhub

पिटाइ खान चाहने कवि लर्ड बायरन


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्कुल छुट्टी भयो । एक बालक आफ्नो काँधमा वस्ता झुण्डाएर बाहिर निस्कियो तब उसले हृष्टपुष्ट युवाले एउटा दुब्लो पातलो मानिसलाई बेतले पिटिरहेको देख्यो ।

उसले मधुर शब्दमा त्यो युवकसँग सोध्योदाई तपाईंले यो केटालाई यसरी बेतको लठ्ठले किन कुट्नुभएको ?

युवकले उसलाई भिड्दै भन्योयसमा तिमीलाई के मतलब ?

त्यो बालकले बिस्तारै भन्योम यति शक्तिशाली छैन कि यो बालकको पक्षमा तपाईंसँग लड्न सकूँ । तर म यति अवश्य गर्न सक्छु कि यसको पिटाइमा म भागीदार बनौँ ।

भनाइको मतलब ?

मेरो मतलब हो कि तपाईं यो केटालाई जति पिट्न चाहनुहुन्छ, त्यसको आधा मेरो ढाडमा पिट्नुस् ।

युवकले त्यो साहसी बालकलाई आश्चर्य मान्दै हेरे । उनलाई आफैसँग लाज लाग्यो कि उनले यो दुब्लो केटालाई नराम्रोसँगले पिटिरहेका थिए र यो एउटा केटा उसको बदलामा आफू पिटाइ खान तयार छ । उनले तत्कालै त्यो बेतको लठ्ठी भाँचेर फालिदिए ।

बचाउने त्यो बालकपछि गएर अँग्रेजीका सुप्रसिद्ध कवि लर्ड बायरनको नामले प्रसिद्ध भए ।

साभार  : प्रेरक प्रसङ्हरु पुस्तकबाट

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : १० बजे

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले