पिटाइ खान चाहने कवि लर्ड बायरन « Khabarhub

पिटाइ खान चाहने कवि लर्ड बायरन


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्कुल छुट्टी भयो । एक बालक आफ्नो काँधमा वस्ता झुण्डाएर बाहिर निस्कियो तब उसले हृष्टपुष्ट युवाले एउटा दुब्लो पातलो मानिसलाई बेतले पिटिरहेको देख्यो ।

उसले मधुर शब्दमा त्यो युवकसँग सोध्यो— दाई तपाईंले यो केटालाई यसरी बेतको लठ्ठले किन कुट्नुभएको ?

युवकले उसलाई भिड्दै भन्यो— यसमा तिमीलाई के मतलब ?

त्यो बालकले बिस्तारै भन्यो— म यति शक्तिशाली छैन कि यो बालकको पक्षमा तपाईंसँग लड्न सकूँ । तर म यति अवश्य गर्न सक्छु कि यसको पिटाइमा म भागीदार बनौँ ।

भनाइको मतलब ?

मेरो मतलब हो कि तपाईं यो केटालाई जति पिट्न चाहनुहुन्छ, त्यसको आधा मेरो ढाडमा पिट्नुस् ।

युवकले त्यो साहसी बालकलाई आश्चर्य मान्दै हेरे । उनलाई आफैसँग लाज लाग्यो कि उनले यो दुब्लो केटालाई नराम्रोसँगले पिटिरहेका थिए र यो एउटा केटा उसको बदलामा आफू पिटाइ खान तयार छ । उनले तत्कालै त्यो बेतको लठ्ठी भाँचेर फालिदिए ।

बचाउने त्यो बालकपछि गएर अँग्रेजीका सुप्रसिद्ध कवि लर्ड बायरनको नामले प्रसिद्ध भए ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : १० बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा