हिमाली सम्पदा संरक्षणमा सामूहिक सहकार्य आवश्यक : मन्त्री चौधरी « Khabarhub

हिमाली सम्पदा संरक्षणमा सामूहिक सहकार्य आवश्यक : मन्त्री चौधरी


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षण सामूहिक सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएकी छन् । 

मंगलबार काठमाडौंमा आयोजित जङ्गली औषधीय बोटबिरुवाको व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय दिगोपन मञ्चमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण साझा सम्पदा जोखिममा परेको भन्दै भावी पुस्ताका लागि साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षण सामूहिक सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएकी हुन् ।

उनले पर्वतीय समुदाय-विशेषगरी महिला, युवा, आदिवासी जनजाति र स्थानीय समुदाय—लाई वास्तविक तथा न्यायपूर्ण आर्थिक अवसर पुर्‍याउने गरी हिमाली प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । 

हिमाली प्राकृतिक सम्पदा लाभहरू समान रूपमा बाँडफाँड गर्नका लागि पारदर्शी, जिम्मेवार र कानुनसम्मत क्षेत्रीय अर्थतन्त्र निर्माण गर्नुपर्ने उनले बताइन्  ।

साथै उनले २०२७ देखि २०३२ सम्मको प्रस्तावित क्षेत्रीय सहकार्य ढाँचा र कार्ययोजनाले राजनीतिक दृष्टिकोणलाई सामूहिक कार्यमा रूपान्तरण गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १ : ३४ बजे

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

बेइजिङ– चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा

सुन्तलाले पहेँलपुर कालीमाटी बजारमा (तस्बिरहरू)

काठमाडौं– सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा

फोटो पोस्ट गर्दै प्रधानमन्त्री बालेन लेख्छन्– देश उभो लाउने टोली

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द फेरिने

काठमाडौँ– मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दको

हिमाली सम्पदा संरक्षणमा सामूहिक सहकार्य आवश्यक : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि