सुन्तलाले पहेँलपुर कालीमाटी बजारमा (तस्बिरहरू) « Khabarhub

सुन्तलाले पहेँलपुर कालीमाटी बजारमा (तस्बिरहरू)


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तलाको कारोबार बढ्न थालेको छ। बजारमा नेपालका विभिन्न जिल्लाबाट ल्याइएका सुन्तला बिक्रीका लागि राखिएका छन् ।

कालीमाटी बजारमा गोरखा, तनहुँ, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट सुन्तला भित्रिन थालेका हुन्। अहिले बजारमा सुन्तलाको आकार र गुणस्तरअनुसार मूल्य निर्धारण गरी बिक्री भइरहेको छ ।

व्यापारीका अनुसार हाल प्रतिढग (५ केजी) सुन्तलाको मूल्य ३५० रुपैयाँदेखि ५५० रुपैयाँ ६ सय रुपैयाँसम्म रहेको छ। ठूला आकारका र गुणस्तरीय सुन्तलाको मूल्य तुलनात्मक रूपमा बढी पर्ने गरेको छ ।

सिजनको सुरुवातसँगै बजारमा सुन्तलाको उपलब्धता बढ्न थालेको छ । आगामी दिनमा उत्पादन हुने जिल्लाबाट थप सुन्तला बजारमा भित्रिने र आपूर्ति बढ्दै जाने व्यापारीहरूको अपेक्षा छ ।

सुन्तलाको उत्पादन र बजारमा आपूर्ति बढेसँगै आगामी दिनमा कारोबार थप विस्तार हुने उनीहरूले बताएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १ : ४१ बजे

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

बेइजिङ– चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा

सुन्तलाले पहेँलपुर कालीमाटी बजारमा (तस्बिरहरू)

काठमाडौं– सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा

फोटो पोस्ट गर्दै प्रधानमन्त्री बालेन लेख्छन्– देश उभो लाउने टोली

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द फेरिने

काठमाडौँ– मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दको

हिमाली सम्पदा संरक्षणमा सामूहिक सहकार्य आवश्यक : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि