अफगानिस्तानलाई सहयोग गर्न दातृ राष्ट्रहरुको सम्मेलन, ६० करोड डलर जुटाइने « Khabarhub

अफगानिस्तानलाई सहयोग गर्न दातृ राष्ट्रहरुको सम्मेलन, ६० करोड डलर जुटाइने


२८ भदौ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- द्वन्द्वका कारण आर्थिक संकटमा परेको अफगानिस्तानलाई सहयोग प्रदान गर्ने उद्देश्यले राष्टसंघले आज सहायता सम्मेलन गर्दैछ ।

राष्ट्रसंघले विभिन्न दातृ राष्ट्रहरुबाट अफगानिस्तानमा तत्काल ६० करोड डलर जुटाउने लक्ष्य राखेको छ । तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ मानवीय संकट उत्पन्न भएको छ ।

गत महिना तालिवानले सत्ता कब्जा गर्नुअघि १ करोड ८० लाख अफगानी वैदेशिक सहयोगमा निर्भर थिए । खडेरी, खाद्यन्न तथा पर्याप्त रकमको अभावका कारण वैदेशिक सहयोगमा निर्भर हुने अफगानीको संख्या अझै बढी हुन सक्ने राष्ट्रसंघको अनुमान छ ।

पश्चिमा मुलुकको सहयोगमा स्थापित अफगान सरकार ढलेसँगै दातृ राष्ट्रले अफगानिस्तानबाट सहयोगको हात झिकेका छन्, जसका कारण राष्ट्रसंघ दबाबमा छ ।

राष्ट्रसंघका महासचिब एन्टोनियो गुटरेसले अफगानिस्तानमा आर्थिक सहयोग जुटाउन राष्ट्रसंघले प्रयास गरिरहेको बताएका छन् ।

दातृ राष्ट्रहरुको सम्मेलनमा महासचिव गुटरेस, रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रमुख पिटर माउरेर र एक दर्जनभन्दा बढी देशका सरकारका प्रतिनिधि सहभागी हुँदैछन् । सम्मेलनमा जर्मन विदेशमन्त्री हेइको मास पनि उपस्थित हुनेछन् ।

राष्ट्रसंघले दातृ राष्ट्रबाट जुटाउने रकममध्ये एक तिहाई रकम विश्व खाद्य कार्यक्रमले प्रयोग गर्नेछ । एक सर्बेक्षणअनुसार ९३ प्रतिशत अफगानी पर्याप्त खानाबाट बञ्चित छन् ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ८ : ४२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको