नेकपा (एस) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा तीन आकांक्षी « Khabarhub

नेकपा (एस) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा तीन आकांक्षी


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा तीनजना आकांक्षी देखिएका छन् । बैतडीकी माया भट्ट, कञ्चनपुरका तारा लामा तामाङ र कैलालीका दीर्घ सोडारीले एकिकृत समाजवादीको संसदीय दलको नेतामा बन्ने इच्छा देखाएका हुन् ।

तीनमध्ये कञ्चनपुरका तामाङ र कैलालीका सोडारीको चर्चा बढी छ । तामाङ एमाले छाडेर नेकपा एसमा आउँदा दलको नेता बनाउने सहमति भएको चर्चा चलेको थियो । कैलालीका सोडारीले सुदूरपश्चिम प्रदेशमा नेकपा एसलाई ठूलो दल बनाउन भूमिका खेलेका कारण आफूले नै दलको नेता बन्न पाउनुपर्ने दाबी गर्दै आएका छन् । माया भट्ट समाजवादीकी केन्द्रीय सदस्य हुन् ।

प्रदेशसभामा नेकपा एसको पहिलो बैठक सोमबार बस्दैछ । दल गठनपछि बस्ने पहिलो बैठकका दलको नेतासमेत चयन गर्ने सम्भावना रहेको प्रदेश सभा सदस्य तामाङले बताए ।

उनले बैठकको छलफलको एजेन्डा भने तय नभइसकेको बताए । उनले पार्टीलाई अझै बलियो बनाउन आगामी रणनीति तथा समसामयिक विषयमा बैठकमा छलफल हुने बताए । ‘बैठकमा संसदीय दलको नेताका विषयमा पनि कुरा उठ्न सक्दछ,’ लामाले भने, ‘त्यस विषयमा हामी छलफल गर्नेछौं, सहमतिकै आधारमा नेता चयन गरिनेछ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : ४६ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते