राजेन्द्र राई नेकपा (एस) प्रदेश संसदीय दलको नेता चयन, आचार्य सरकारलाई समर्थन नदिने « Khabarhub

राजेन्द्र राई नेकपा (एस) प्रदेश संसदीय दलको नेता चयन, आचार्य सरकारलाई समर्थन नदिने


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजेन्द्र राई प्रदेश १ प्रदेशसभा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेता चयन भएका छन् । उनी सर्वसम्मत दलको नेता चयन भएका हुन् । नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस)को सोमबार बसेको संसदीय दलको बैठकले राईलाई नेता चयन गरेको हो ।

राई नेता चयन भएसँगै नेकपा (एस)ले भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णयसमेत गरेको छ । नेकपा (एस)ले आचार्य सरकारलाई समर्थन नरहेको पत्र सोमबारै प्रदेश प्रमुखलाई बुझाउने भएको छ ।

नेकपा एसले समर्थन नगरेपछि आचार्य सरकार अल्पमतमा परेको छ । ९३ सदस्यीय प्रदेशसभामा हाल ९२ सदस्यीय कायम छ। एमालेका ५१ सदस्य रहेकोमा १० जना नेकपा (एस)मा गएपछि उसँग अब ४१ सदस्यमात्र छन् । त्यसमध्ये पनि एकजना सभामुख र एकजना निलम्बनमा रहेकाले मतदान गर्न पाउने एमाले सांसदको संख्या ३९ मात्र छ ।

प्रदेश सभामा कांग्रेसको २१, माओवादी केन्द्रको १५ र जनता समाजवादीको ३ सिट छ । केन्द्रमा बनेको सत्ता गठबन्धन प्रदेशमा बने आचार्य सरकार विस्थापित हुने देखिएको छ । यो गठबन्धनसँग ४९ सिट पुगेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : ४७ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु