राजेन्द्र राई नेकपा (एस) प्रदेश संसदीय दलको नेता चयन, आचार्य सरकारलाई समर्थन नदिने « Khabarhub

राजेन्द्र राई नेकपा (एस) प्रदेश संसदीय दलको नेता चयन, आचार्य सरकारलाई समर्थन नदिने


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजेन्द्र राई प्रदेश १ प्रदेशसभा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेता चयन भएका छन् । उनी सर्वसम्मत दलको नेता चयन भएका हुन् । नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस)को सोमबार बसेको संसदीय दलको बैठकले राईलाई नेता चयन गरेको हो ।

राई नेता चयन भएसँगै नेकपा (एस)ले भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णयसमेत गरेको छ । नेकपा (एस)ले आचार्य सरकारलाई समर्थन नरहेको पत्र सोमबारै प्रदेश प्रमुखलाई बुझाउने भएको छ ।

नेकपा एसले समर्थन नगरेपछि आचार्य सरकार अल्पमतमा परेको छ । ९३ सदस्यीय प्रदेशसभामा हाल ९२ सदस्यीय कायम छ। एमालेका ५१ सदस्य रहेकोमा १० जना नेकपा (एस)मा गएपछि उसँग अब ४१ सदस्यमात्र छन् । त्यसमध्ये पनि एकजना सभामुख र एकजना निलम्बनमा रहेकाले मतदान गर्न पाउने एमाले सांसदको संख्या ३९ मात्र छ ।

प्रदेश सभामा कांग्रेसको २१, माओवादी केन्द्रको १५ र जनता समाजवादीको ३ सिट छ । केन्द्रमा बनेको सत्ता गठबन्धन प्रदेशमा बने आचार्य सरकार विस्थापित हुने देखिएको छ । यो गठबन्धनसँग ४९ सिट पुगेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : ४७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी