विदेशबाट फर्किएका युवाको किबी खेतीमा आकर्षण « Khabarhub

विदेशबाट फर्किएका युवाको किबी खेतीमा आकर्षण


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– विदेशबाट फर्किएका तेह्रथुमका युवाहरू किबी खेतीतर्फ आकषर्ण बढ्न थालेको छ । थोरै जमिनमा धेरै आम्दानी हुने भएकाले किबी खेतीतर्फ किसानहरू आकर्षित बनेका हुन् । तेह्रथुम जिल्लाको ग्रामिण भेगहरूमा यतिबेला किबी खेतीको विस्तार हुनेक्रम बढ्दो छ । नयाँ फल भएकाले पनि किबी खेतीलाई किसानले विस्तार गर्दै गएका छन् ।

घमाइलो तथा मलिलो माटोमा उत्पादन हुने भएकाले किसानको प्राथमिकतामा किबी खेती परेको छ ।

खेतीलाई विस्तार गर्दै गाउँलाई किबी पकेट क्षेत्रको रुपमा विकास गर्दै आएको किसान गोविन्द बागदासले बताए । जिल्लाको म्याङलुङ र लालीगुराँस नगरपालिकाका साथै छथर गाउँपािलकामा किबी खेती किसानको रोजाइमा पर्न थालेको हो ।

वैदेशिक रोजगारबाट फर्किएका युवाहरू पनि यो खेतीमा रमाइरहेका छन् । आठ वर्ष साउदी बसेर फर्किएका म्याङलुङ १ ओख्रे टंकवहादुर खत्रीले किबीलाई व्यावसायिक खेती गर्ने उद्देश्यका साथ बगानमा बिरुवा लगाएको बताउँछन् ।

एउटै बगानबाट वर्षको एकदेखी ३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । अर्गानिक रुपमा उत्पादन भएको किबीको माग बढ्दो छ ।

यहाँ उत्पादन भएको किबी प्रतिकिलो दुई सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । न्यूज कारखाना

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ६ : १९ बजे

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन