विदेशबाट फर्किएका युवाको किबी खेतीमा आकर्षण | Khabarhub Khabarhub

विदेशबाट फर्किएका युवाको किबी खेतीमा आकर्षण


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– विदेशबाट फर्किएका तेह्रथुमका युवाहरू किबी खेतीतर्फ आकषर्ण बढ्न थालेको छ । थोरै जमिनमा धेरै आम्दानी हुने भएकाले किबी खेतीतर्फ किसानहरू आकर्षित बनेका हुन् । तेह्रथुम जिल्लाको ग्रामिण भेगहरूमा यतिबेला किबी खेतीको विस्तार हुनेक्रम बढ्दो छ । नयाँ फल भएकाले पनि किबी खेतीलाई किसानले विस्तार गर्दै गएका छन् ।

घमाइलो तथा मलिलो माटोमा उत्पादन हुने भएकाले किसानको प्राथमिकतामा किबी खेती परेको छ ।

खेतीलाई विस्तार गर्दै गाउँलाई किबी पकेट क्षेत्रको रुपमा विकास गर्दै आएको किसान गोविन्द बागदासले बताए । जिल्लाको म्याङलुङ र लालीगुराँस नगरपालिकाका साथै छथर गाउँपािलकामा किबी खेती किसानको रोजाइमा पर्न थालेको हो ।

वैदेशिक रोजगारबाट फर्किएका युवाहरू पनि यो खेतीमा रमाइरहेका छन् । आठ वर्ष साउदी बसेर फर्किएका म्याङलुङ १ ओख्रे टंकवहादुर खत्रीले किबीलाई व्यावसायिक खेती गर्ने उद्देश्यका साथ बगानमा बिरुवा लगाएको बताउँछन् ।

एउटै बगानबाट वर्षको एकदेखी ३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । अर्गानिक रुपमा उत्पादन भएको किबीको माग बढ्दो छ ।

यहाँ उत्पादन भएको किबी प्रतिकिलो दुई सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । न्यूज कारखाना

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ६ : १९ बजे

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

सिरहा– सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको

१६औँ शताब्दीको ‘सौगा हिटी’ सरसफाइ र रङ्गरोगन

ललितपुर– भित्ताभरि झ्याउ अनि पानी भरिएर पोखरी जस्तो बनेको पाटन

पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको पाँचौँ टेस्टमा कम ब्याक गरेको छ

पत्रकारलाई सञ्चारमन्त्रीको आग्रह– ‘मिडिया काउन्सिल विधेयकमा ‘इमोसनल’ नहुनुहोस्’

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिल