अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेनाको अवधारणा आएको होः किम जोङ उन « Khabarhub

अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेनाको अवधारणा आएको होः किम जोङ उन


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेना विकास गर्न लागिएको बताएका छन् । तर, यस्तो सेना हतियार विकासभन्दा पनि आफ्नो देशको सुरक्षामा केन्द्रीत हुने उनले बताएका छन् ।

‘हामी कुनै देशसँग युद्ध गर्दैनौं, बरु युद्ध रोक्न र राष्ट्रिय सार्वभौमसत्ता जोगाउनका लागि काम गरिरहेका छौं,’ उनले भने ।

मंगलबार राजधानी प्योङयाङमा आयोजित आत्मसुरक्षा सम्बन्धी २०२१ सैन्य प्रदर्शनीमा किमले अजय सेना घोषणा गरेका थिए ।

यसअघि उत्तरले आवाजभन्दा पनि चाँडो पुग्ने हाईपरसेनिक र शत्रुको विमान झार्न सक्ने क्षेप्यास्त्र विकास गरेको जनाएको थियो । उत्तरको विकासले छिमेकी दक्षिण कोरिया र जापानले आपत्ति जनाएका थिए ।

छिमेकी मुलुकसँग उत्तरले युद्ध नगर्ने उनले बताए । तर, उनले अमेरिकाको भने चर्को आलोचना गरे । अमेरिकाले प्योङयाङसँग वार्ता गर्नका लागि आफूमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ५ : ४० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क