आर्यनका कारण ‘डुप्लिकेट’ शाहरुख बेरोजगार « Khabarhub

आर्यनका कारण ‘डुप्लिकेट’ शाहरुख बेरोजगार


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– लागुऔषध मुद्धालाई लिएर अभिनेता शाहरुख खानका छोरा आर्यन खान निरन्तर चर्चामा छन् । यो मुद्धाका कारण शाहरुखले कैयौं समस्याको सामना गरिरहनु परेको छ । आर्यनको मुद्धाका कारण शाहरुखको एक टिचिङ एपलाई कम्पनीले बन्द नै गरिदिएको छ । यो समस्या केवल शाहरुख मात्र होइन, उनको ‘डुप्लिकेट’ राजु रहिकवाले पनि भोगिरहनु परेको छ ।

राजु शाहरुख जस्तै अनुहारका कारण देशभर चर्चामा छन् । उनी कैयौं कार्यक्रम र पार्टीमा सहभागी हुन्छन् । तर लागुऔषध मामलामा जब आर्यनको नाम आयो, त्यहीदेखि राजुलाई आर्थिक भार झेल्नु परेको छ ।

राजुले कतै काम पाएका छैनन् । राजुले जति कार्यक्रममा सहभागिता जनाउने योजना बनाएका थिए, आर्यनको लागुऔषध मुद्धा सार्वजनिक भएपछि उनका सबै कार्यक्रम रद्ध भएका छन् ।

‘करिब डेढ वर्षदेखि कोरोना भाइरसका कारण कुनै कार्यक्रम भएन । जसकारण कुनै काम मिलेन । महामारी पछि विस्तारै काम सुरु भयो, त्यसपछि मैले अब काम शुरु हुन्छ भन्ने सोचें । हालै दुई शो गर्ने मौका पाएँ, तर आयोजकले ‘दर्शकहरु शाहरुखको अनुहारका कारण खुशी नभएकाले तपाईलाई थाहै छ, माहौल के चलिरहेको छ’ भनेर शो रद्द गरे ।

राजुले आफ्नो प्रस्तुतिका कारण आएको पैसाले सन्तानको स्कुल शुल्क तिर्ने योजना बनाए पनि त्यो पुरा नभएपछि अर्को योजना बनाइरहेको खुलाए ।

‘मलाई उनीविरुद्ध कुनै उजुरी छैन । म उनका लागि आफ्नो काम त्याग्न तयार छु । मेरो पहिचान शाहरुख जस्तै छ । आज मसँग जे छ, सबै उनकै कारण छ । यसकारण म उनीजस्तै देखिन्छु । उनी मेरो भगवान हुन् । अहिले उनको परिवार दुःखमा छन् । म पनि यस्तै महशुस गरिरहेको छु । म यही चाहन्छु कि आर्यन घर आउन्,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ८ : ३० बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा