कैलालीमा कांग्रेसको वडा अधिवेशन सुरु | Khabarhub Khabarhub

कैलालीमा कांग्रेसको वडा अधिवेशन सुरु


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ ।

तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिएका छन्।

उनले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको बताउँदै अधिवेशन सफल बनाउन एक हजार ५०१ जनाको मुल समिति र ११ वटा उपसमिति गठन गरिएको जनाए । कैलालीमा टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।

वडा अधिवेशनको अन्तिम नामावली कात्तिक २८ गतेभित्रै सार्वजनिक गर्दै ३० गते पालिका अधिवेशन गर्ने तालिका रहेको सभापति शाहको भनाइ छ । कैलालीमा नेपाली कांग्रेसका १८ हजार २७३ क्रियाशील सदस्य रहेका छन् ।

जिल्लाको सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा क्रियाशील सदस्य रहेका छन् । पार्टी कार्यालयका अनुसार धनगढीमा एक हजार १२९ महिला र तीन हजार ३७४ पुरुष गरी चार हजार ५०३ क्रियाशील सदस्य रहेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ०७ बजे

चालु आर्थिक वर्षमा सञ्चालन हुनेगरी २४ वटा क्यासिनोले गरे नवीकरण

काठमाडौं– चालु आर्थिक वर्ष ०८२/८३ मा क्यासिनो सञ्चालनका लागि २४

फेसबुकका भरमा लगानी नगर्न नेप्सेको आग्रह 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर बजारमा फेसबुक, टिकटक, एक्स

माग्ने बुढालाई प्रश्न- भविष्यमा राजनीति गर्ने सोच छ ?

काठमाडौं– कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ

सिद्धार्थ बैंकको वितरणयोग्य नाफा एक अर्ब ८६ करोड

काठमाडौं– सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा वृद्धि भएको छ । बैंकले

गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर

रसुवा– गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्‍याउन धार्मिक मार्गका तीन