एमाले महाधिवेशन प्रतिनिधि : लुम्बिनी प्रदेशमा सर्वसम्मतकै प्रयास | Khabarhub Khabarhub

एमाले महाधिवेशन प्रतिनिधि : लुम्बिनी प्रदेशमा सर्वसम्मतकै प्रयास


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशका जिल्लामा शनिबार प्रतिनिधि छनोट गरिँदैछ । लुम्बिनी प्रदेशका २६ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छान्न नेताहरू शुक्रबारदेखि नै सर्वसम्मतको प्रयासमा छन् ।

शुक्रबार बिहानदेखि भएको सर्वसम्मतिको प्रयास अधिकांश निर्वाचन निर्वाचन क्षेत्रमा सफल हुन सकेको छैन । अहिलेसम्म रोल्पा र पाल्पा-१ मा मात्र सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरी अन्य जिल्लाका निर्वाचन क्षेत्रमा पनि सर्वसम्मतको प्रयास जारी रहेको र शनिबार साँझसम्म टुंग्याउने गरी प्रयास गरिरहेको बताए ।

लुम्बिनीका रुपन्देही, दाङ, बाँके लगायतका जिल्लाबाट सबैभन्दा धेरै प्रतिनिधि चयन हुँदैछन् । यी जिल्लामा आकांक्षी धेरै हुँदा मिलाउन सकस देखिएको छ । ‘समय लगाएर भएपनि सर्वसम्मत प्रतिनिधि चयनको प्रयास गर्छौं,’ अध्यक्ष गिरीले भने ।

रोल्पा र पाल्पा-१ मा छानिए

रोल्पाबाट महिला कोटामा जुनमाया बुढा र इश्वरी जिएम, दलित कोटाबाट रिमा नेपाली र खुल्लातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार वली चयन भएको एमाले रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाले बताए ।

१५ जना प्रतिनिधि सहभागी हुने पाल्पा-१ मा ६ जना सर्वसम्मत भएका छन् । जसमा दुई महिला र चारजना पुरुष छन् । २ मा पनि सहमतिको प्रयास जारी राखिएको एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले जानकारी दिए ।

१८ जना प्रतिनिधि चयन हुने गुल्मीमा पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनोटको प्रयास जारी छ । यसका लागि जिल्ला अध्यक्ष मधुकृष्ण पन्तसहितको सचिवालयलाई जिम्मेवारी दिइएको छ । ४३ जना आकांक्षीले हस्ताक्षर गरेर नेतृत्वलाई सर्वसम्मत रुपमा प्रतिनिधि छनोटको अधिकार दिएकाले शनिबार साँझसाँ टुंगो लगाइने अध्यक्ष पन्तले बताए ।

लुम्बिनीमा सबैभन्दा धेरै प्रतिनिधि रुपन्देहीबाट छानिँदै छन् । ३३ जना प्रतिनिधि छानिने रुपन्देहीमा आकांक्षी भने धेरै हुँदा नेतृत्वलाई व्यवस्थापनमा समस्या देखिएको छ । जिल्लामा १ सय जनाभन्दा धेरै आकांक्षीले महाधिवेशन प्रतिनिधि छान्न लविङ गरिरहेका छन् ।

कपिलवस्तुमा दलित कोटाबाट दुई जना सर्वसम्मत चयन भएका छन् । अन्यको टुंगो लागेको छैन । १९ जना प्रतिनिधि चयन हुने कपिलवस्तुमा पनि आकांक्षी धेरै हुँदा समय लागेको र सहमतिमै प्रतिनिधि चयन गर्ने प्रयास भैरहेको नेता भेषराज पाण्डेले बताए ।

एमाले अर्घाखाँचीका नेता शोभाखर पाण्डेले प्रतिनिधि छान्ने काम शनिबार सकिने बताए । सहमतिको प्रयास अन्तिम चरणमा पुगेको र जिल्लाबाट छानिने १६ जना प्रतिनिधिलाई सर्वसम्मत बनाइने उनले बताए । बाँके र बर्दियामा पनि सहमतिमा प्रतिनिधि छनोटको प्रयास भैरहेको एमाले लुम्बिनी प्रदेश अध्यक्ष गिरीले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ३० बजे

चालु आर्थिक वर्षमा सञ्चालन हुनेगरी २४ वटा क्यासिनोले गरे नवीकरण

काठमाडौं– चालु आर्थिक वर्ष ०८२/८३ मा क्यासिनो सञ्चालनका लागि २४

फेसबुकका भरमा लगानी नगर्न नेप्सेको आग्रह 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर बजारमा फेसबुक, टिकटक, एक्स

माग्ने बुढालाई प्रश्न- भविष्यमा राजनीति गर्ने सोच छ ?

काठमाडौं– कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ

सिद्धार्थ बैंकको वितरणयोग्य नाफा एक अर्ब ८६ करोड

काठमाडौं– सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा वृद्धि भएको छ । बैंकले

गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर

रसुवा– गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्‍याउन धार्मिक मार्गका तीन