माधव नेपालले पार्टी निकटका पत्रकारलाई भने– आचरण राम्रो बनाउनुहोस्, पाँचतारे होटल धाएर पिएको राम्रो मान्दिँन « Khabarhub

माधव नेपालले पार्टी निकटका पत्रकारलाई भने– आचरण राम्रो बनाउनुहोस्, पाँचतारे होटल धाएर पिएको राम्रो मान्दिँन


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीनिकट पत्रकारहरुलाई राम्रो आचरण राख्न निर्देशन दिएका छन् ।

आज पार्टीनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने,‘हामीसँग जोडिएका मिडिया कमरेडहरु राम्रो आचरण लिनुहोस, यो सुन्नु नपरोस, अस्ति म सर्लाही गएको थिएँ, मैले पार्टीका नेताहरुलाई भनेको थिएँ, मैले सूचना पाउने गरेको छु कि साँझ पर्न पाएको छैन, गमी महिनामा साँढे ७ बजे, जाडो महिनामा साँढे ५ बजे, अध्याँरो हुन पाएको छैन त्यसपछि होटलका कोठाहरु भरिभराउ हुन थाल्छन रे, अनि त्यहाँका पोखरीमा बोतल नै बोलतहरु देखिन्छन् रे, त्यसपछि त्यहाँ गिलास ठोकाठोक भैरहेको हुन्छ रे, अनि गरमागर्मी चर्काचर्की हुन्छ अरे, अनि फलानो गएर झगडा गरेर समस्या खडा गरिदिन्छ रे, यी पार्टीका नेताहरु को होलान म एउटा फोटा खिच्न चाहन्छु भनेर मलाई फोटो दिनुहोला भनेर मैले गोप्य रुपमा भनेको थिएँ, भागाभाग भएछ त्यहाँ ।’

उनले मिडियाकर्मीहरुको यस्तो बानी त पक्कै छैन होला भनेर विश्वास दिलाए । तर, उनले भने,‘तपाईँहरु पनि साँझ पर्ने बित्तिकै होटल, त्यो पनि पाँचतारे होटल त्यो पनि धाईधाईकन कसैले दिएर नखाईकन निन्द्रा नै नलाग्ने स्थिति त पक्कै पनि छैन होला, यो कुरा भएको थाहा पाएँ भने म राम्रो मान्दिनँ ।’

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  २ : ०४ बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित