अस्वस्थ भएपछि प्रचण्ड मेडिसिटी अस्पताल भर्ना « Khabarhub

अस्वस्थ भएपछि प्रचण्ड मेडिसिटी अस्पताल भर्ना


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् ।

बिहानदेखि स्वास्थ्यमा समस्या आएपछि उनी मेडिसिटी अस्पताल भर्ना भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि महोत्तरी जाने कार्यक्रम स्थगित गरी घरमै आराम गरेका उनी चेकजाँचका लागि अस्पताल गएका हुन् ।

एक्कासी रक्तचाप बढेपछि उनी बिहानदेखि चिकित्सकको निगरानीमा घरमै आराममा थिए । रक्तचाप नियन्त्रणमा नआएपछि थप चेकजाँच गर्न अस्पताल लगिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ३ : ५४ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले