१०औँ महाधिवेशनले सर्वसम्मत रुपमा केपी ओली नै अध्यक्ष बनाउँछ: रायमाझी « Khabarhub

१०औँ महाधिवेशनले सर्वसम्मत रुपमा केपी ओली नै अध्यक्ष बनाउँछ: रायमाझी


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले १०औँ महाधिवेशनले सर्वसम्मत रुपमा केपी ओली नै अध्यक्ष बनाउने बताएका छन् ।

आज काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले केपी ओली नै सर्वसम्मत अध्यक्ष बन्ने बताए ।

उनले भने, ‘हामीले विधान महाधिवेशन ललितपुरको गोदावरीमा भव्य रुपमा सम्पन्न गर्यौँ, विधान पनि सर्वसम्मतिले पारित गर्यौँ। अब नेतृत्व चयन गरिने हो । मंसिर १० गते उद्घाटन हुन्छ । अब पार्टीमा नयाँ नेतृतवको निर्माण गर्छौँ । सायद, केपी शर्मा ओली सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ । विधान अधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ ।’

उनले आगामी महाधिवेशनमा आउने प्रतिनिधिहरूको निर्वाचन मूलतः आज सम्पन्न हुने बताए । उनले भने, ‘एकाध, जिल्ला बाँकी रह्यो भने भिन्न कुरा हो । तर, एकै दिन २ हजार प्रतिनिधि आज निर्वाचित हुँदैछन् । ७७ वटै जिल्लामा प्रतिनिधिहरु छान्न सक्ने हैसियत राख्ने पार्टी एमालेमात्रै हो । यो पार्टी एकताकै निरन्तरतामा छ । हामीले वडाको अधिवेशन एकै दिनमा गर्यौँ । एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरेको छ। अब संगठन विस्तारमा अघि बढ्छौँ । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रित भएर अघि बढ्छौँ ।’

साक्षात्कारमा बोल्दै उनले पछिल्लो समय भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरे । तर, आफूहरूको लागि यो नौलो कुरा नभएको उनको प्रतिक्रिया छ । उनले भने, ‘यो नौलो कुरा होईन् । यो सरकार देशको विकास र समृद्धि गर्न आएको नै होईन । यो त जनतामाथि महँगी थुपार्न, अन्याय र अत्याचार गर्न आएको हो । यो कुरा दुनियाँलाई थाहा छ, अहिले विकास र समृद्धिको विषयमा कुनै चर्चा छ त ? यदि चर्चा छ भने त्यो कि महँगीको विषयमा चर्चा छ, कि जनतामाथि सरकारले अत्याचार गरेको विषयमा चर्चा छ । सरकार त न्यायालय ध्वस्त पार्नतिर उद्धत छ ।’

उनले न्यायालयलाई ध्वस्त पार्न सरकार नै लागिरहेको आरोप लगाए । जनताको अधिकार ध्वस्त पार्न सरकार मतियारको रुपमा काम गरिरहेको रायमाझीको भनाइ छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ०५ बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित