जनकपुरमा झडप, स्थिति नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्यास प्रहार « Khabarhub

जनकपुरमा झडप, स्थिति नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्यास प्रहार

आइतबार राति १० बजेसम्म निषेधाज्ञा जारी


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धर्मको विषयलाई लिएर जनकपुरमा प्रहरी र दुई समूहबीच झडप भएको छ ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार भएको छ।

झडपमा केही सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । उनले झडप पछिको स्थितिलाई नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको बताए ।

झडपको अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषाले प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

आइतबार राति १० बजेसम्म लागू हुने निषेधाज्ञा पूर्वमा जलाद नदीको कल्‌री बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म कायम रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : १५ बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित