अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउँदै « Khabarhub

अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउँदै


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने भएका छन् ।

उनी १७ नोभेम्बर नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

दुई दिनको नेपाल भ्रमणमा आउने उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, अन्य मन्त्री तथा विभिन्न दलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल र अमेरिकाबीच सन् २०१७ मा हस्ताक्षर भएको अमेरिकी अनुदान सम्झौता (एमसीसी) कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदनका लागि समय घर्किरहेको बेलामा अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री लूको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

यसअघि नेपाल भ्रमणमा आएकी अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा जी सुमरले आर्थिक अनुदानलाई राजनीतिक मुद्दा बनाउन नहुनेमा जोड दिएकी थिइन । उनले नेपालले यसबारे चाँडै निर्णय लिनेमा आफू आशावादी रहेको बताएकी थिइन ।

तर, सरकारले एमसीसी सम्झौताको संसदीय अनुमोदनको कुनै कदम नचालेकाले मन्त्री लूले पनि शीर्ष भेटमा नेपालको धारणा लिनेछन् ।

विद्युत् प्रसारण लाइन र सडक निर्माणमा खर्च गरिने करिब ६० अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौतालाई लिएर नेपालभित्र गहिरो मतभेद छ।

एमसीसी अनुदानसम्बन्धी कम्प्याक्ट सम्झौतालाई अहिलेकै अवस्थामा कार्यान्वयन गर्ने विषयलाई लिएर सत्ता गठबन्धनभित्रै मतभेद छ।

उक्त सम्झौतालाई संसद्‌बाट  अनुमोदन गराउन प्रधानमन्त्री देउवालाई सत्तारूढ गठबन्धनका दलहरू वा प्रमुख विपक्षी नेकपा एमालेको सहयोगको आवश्यकता पर्छ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ३१ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले