अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउँदै | Khabarhub Khabarhub

अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउँदै


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने भएका छन् ।

उनी १७ नोभेम्बर नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

दुई दिनको नेपाल भ्रमणमा आउने उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, अन्य मन्त्री तथा विभिन्न दलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल र अमेरिकाबीच सन् २०१७ मा हस्ताक्षर भएको अमेरिकी अनुदान सम्झौता (एमसीसी) कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदनका लागि समय घर्किरहेको बेलामा अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री लूको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

यसअघि नेपाल भ्रमणमा आएकी अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा जी सुमरले आर्थिक अनुदानलाई राजनीतिक मुद्दा बनाउन नहुनेमा जोड दिएकी थिइन । उनले नेपालले यसबारे चाँडै निर्णय लिनेमा आफू आशावादी रहेको बताएकी थिइन ।

तर, सरकारले एमसीसी सम्झौताको संसदीय अनुमोदनको कुनै कदम नचालेकाले मन्त्री लूले पनि शीर्ष भेटमा नेपालको धारणा लिनेछन् ।

विद्युत् प्रसारण लाइन र सडक निर्माणमा खर्च गरिने करिब ६० अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौतालाई लिएर नेपालभित्र गहिरो मतभेद छ।

एमसीसी अनुदानसम्बन्धी कम्प्याक्ट सम्झौतालाई अहिलेकै अवस्थामा कार्यान्वयन गर्ने विषयलाई लिएर सत्ता गठबन्धनभित्रै मतभेद छ।

उक्त सम्झौतालाई संसद्‌बाट  अनुमोदन गराउन प्रधानमन्त्री देउवालाई सत्तारूढ गठबन्धनका दलहरू वा प्रमुख विपक्षी नेकपा एमालेको सहयोगको आवश्यकता पर्छ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ३१ बजे

अबदेखि एमालेको सदस्यता लिन अनिवार्य परीक्षा दिनुपर्ने

काठमाडौं– प्रमुख सत्तारुढ नेकपा (एमाले) ले अबदेखि संगठित सदस्यता वितरणका

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

काठमाडौं –  ‘भिजिट भिसा’ र मन्त्रीको घूस काण्डको अडियो टेप

एमालेको निष्कर्ष- जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्ध सुध्रिँदै गएको छ

काठमाडौं– प्रमुख सत्तारुढ नेकपा (एमाले) ले जनतासँग पार्टी र कार्यकर्तासँग

जनार्दनलाई उर्जामन्त्रीको काउन्टर : १२ वर्षमा माओवादीले ऊर्जा मन्त्रालय सम्हाल्दा के काम भयो ?

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २३औँ वार्षिक साधारण

इरानी राजदूत भन्छन्– भारतले क्षेत्रीय शान्ति प्रवर्द्धन गर्न थप भूमिका खेल्नुपर्छ

काठमाडौं– भारतका लागि इरानका राजदूतले भारतलाई क्षेत्रीय शान्ति प्रवर्द्धनका लागि