चितवनको रत्ननगरबाट दुई क्विन्टल चरेस बरामद « Khabarhub

चितवनको रत्ननगरबाट दुई क्विन्टल चरेस बरामद


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको रत्ननगरबाट प्रहरीले करिब दुई क्विन्टल लागूऔषध चरेस बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक क्विन्टल ८४ किलो ३५० ग्राम चरेस बरामद गरेको हो ।

चेवनपरासको बट्टामा प्याकेजिङ गरेर राखेको अवस्थामा उक्त परिणामको चरेस बरामद गरेको प्रहरीले जनाएको छ । १९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेस बरामद गरेको हो ।

रत्ननगर–१५ माधवपुरका उद्धव अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेस भेटिएको हो । गोदाममा चरेस रहेको जानकारी अधिकारीले नै प्रहरीलाई दिएको जनाइएको छ ।

यद्यपि प्रहरीले सम्पूर्ण जानकारी सार्वजनिक गरिसकेको छैन । अवैध लागूऔषध चरेसको कारोबारमा संलग्न रहेको आशंकामा टाँडी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ४५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन