चितवनको रत्ननगरबाट दुई क्विन्टल चरेस बरामद « Khabarhub

चितवनको रत्ननगरबाट दुई क्विन्टल चरेस बरामद


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको रत्ननगरबाट प्रहरीले करिब दुई क्विन्टल लागूऔषध चरेस बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक क्विन्टल ८४ किलो ३५० ग्राम चरेस बरामद गरेको हो ।

चेवनपरासको बट्टामा प्याकेजिङ गरेर राखेको अवस्थामा उक्त परिणामको चरेस बरामद गरेको प्रहरीले जनाएको छ । १९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेस बरामद गरेको हो ।

रत्ननगर–१५ माधवपुरका उद्धव अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेस भेटिएको हो । गोदाममा चरेस रहेको जानकारी अधिकारीले नै प्रहरीलाई दिएको जनाइएको छ ।

यद्यपि प्रहरीले सम्पूर्ण जानकारी सार्वजनिक गरिसकेको छैन । अवैध लागूऔषध चरेसको कारोबारमा संलग्न रहेको आशंकामा टाँडी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ४५ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले