जबज नेकपा (एस) को मागदर्शन सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल « Khabarhub

जबज नेकपा (एस) को मागदर्शन सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकको पहिलो दिन विभिन्न आयोगका पदाधिकारीले शपथ ग्रहण गरेका छन् । सम्मानित नेता झलनाथ खनालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गरेका छन् ।

ललितपुरको एक होटलमा बसेको बैठकको पहिलो दिन केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइएको थियो ।

बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरेका थिए । सो क्रममा उनले खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका थिए । अध्यक्ष नेपालले राष्ट्रिय आत्मसमर्पणवादबाट देशलाई जोगाउने काम गरेको उल्लेख गरे ।

बैठकमा सम्मानित नेता झलनाथ खनालले बैचारिक राजनीतिक प्रतिवेदन पेश गरेका छन् । सो क्रममा नेता खनालले जनताको बहुदलीय जनवाद (जबज) अब पार्टीको मार्गदर्शन सिद्धान्त बन्न नसक्ने बताएका छन् । उनले एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने भएपछि आफूहरुले नयाँ पार्टी खोलेको तर्क गरे ।

आफूहरु फुटेको नभई व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेको दावी गर्दै खनालले समाजवादी क्रान्तिको नेतृत्व एकीकृत समाजवादीले मात्रै गर्नसक्ने धारणा राखे । उनले एमालेको एक समूह अझै पनि अन्योलमा रहेकाले आफ्नो पार्टीमा आउने संभावना दखेको बताए ।

बैठकमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारको भावी योजनाका बारमा जानकारी गराएको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा आइतबार केन्द्रीय सचिवालय र कार्यालयहरूबाट भएका काम कारबाहीहरू अनुमोदन हुने कार्यक्रम छ । बिभिन्न प्रस्ताव पारित गर्दै बैठक आइतबार नै सम्पन्न हुने समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : ०० बजे

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा