जबज नेकपा (एस) को मागदर्शन सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल « Khabarhub

जबज नेकपा (एस) को मागदर्शन सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकको पहिलो दिन विभिन्न आयोगका पदाधिकारीले शपथ ग्रहण गरेका छन् । सम्मानित नेता झलनाथ खनालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गरेका छन् ।

ललितपुरको एक होटलमा बसेको बैठकको पहिलो दिन केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइएको थियो ।

बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरेका थिए । सो क्रममा उनले खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका थिए । अध्यक्ष नेपालले राष्ट्रिय आत्मसमर्पणवादबाट देशलाई जोगाउने काम गरेको उल्लेख गरे ।

बैठकमा सम्मानित नेता झलनाथ खनालले बैचारिक राजनीतिक प्रतिवेदन पेश गरेका छन् । सो क्रममा नेता खनालले जनताको बहुदलीय जनवाद (जबज) अब पार्टीको मार्गदर्शन सिद्धान्त बन्न नसक्ने बताएका छन् । उनले एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने भएपछि आफूहरुले नयाँ पार्टी खोलेको तर्क गरे ।

आफूहरु फुटेको नभई व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेको दावी गर्दै खनालले समाजवादी क्रान्तिको नेतृत्व एकीकृत समाजवादीले मात्रै गर्नसक्ने धारणा राखे । उनले एमालेको एक समूह अझै पनि अन्योलमा रहेकाले आफ्नो पार्टीमा आउने संभावना दखेको बताए ।

बैठकमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारको भावी योजनाका बारमा जानकारी गराएको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा आइतबार केन्द्रीय सचिवालय र कार्यालयहरूबाट भएका काम कारबाहीहरू अनुमोदन हुने कार्यक्रम छ । बिभिन्न प्रस्ताव पारित गर्दै बैठक आइतबार नै सम्पन्न हुने समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : ०० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष