माओवादीसँग एकताका लागि छलफल भएको छैन : धर्मेन्द्र बाँस्तोला (भिडियो) | Khabarhub Khabarhub

माओवादीसँग एकताका लागि छलफल भएको छैन : धर्मेन्द्र बाँस्तोला (भिडियो)


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ ।

शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले चुनावमा पराजय हुने डरले माओवादी अध्यक्ष प्रचण्डले नेकपासँग एकताको कुरा गरेको हुनसक्ने भन्दै आफ्नो पार्टीभित्र कुनै छलफल नभएको बताएका छन् । माओवादीको अवको चुनाव बिग्रने र प्रचण्डले पनि एक्लै चुनाव नजित्ने उनले बताए ।

बाँस्तोलाले वैज्ञानिक समाजवादमा जानका लागि मात्र नेपालमा बृहत कम्युनिष्ट एकता हुनसक्ने तर्क गरे। उनले न्यायालयमा देखिएको दृश्यले दुखित तुल्याएको भन्दै न्यायालयमा देखिएको घटना दलाल पूँजिवादी व्यवस्थाको उपज भएको जिकिर गरे ।

उनले वर्तमान संसदीय व्यवस्था परिवर्तका लािग जनमत संग्रहको चुनाव गर्नुपर्ने भन्दै जनमत संग्रहबिनाको चुनावमा सहभागी हुन नसक्ने बताए ।

बाँस्तोलाले जनतालाई मारमा पर्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै आन्दोलन घोषणा गरिएको जानकारी दिए। पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिले सवै क्षेत्रमा प्रभाव पर्ने भन्दै कुनै पनि हालतमा सरकारले मूल्यबृद्धि फिर्ता लिनुपर्ने उनले बताए ।

उनले पेट्रोलियम पदार्थमा सरकारले लिएको कर निकै धेरै भएको र निगमबाट राज्यमा बस्ने व्यक्तिले फाइदा लिएको आरोप लगाए । उनले अवको आन्दोलन शान्तिपूणरुपमा गर्ने बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ०५ बजे

कांग्रेसको आरोप : सभामुख सत्तारुढ दलका रबर स्ट्याम्प भए

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे सत्तारुढ दलको

बारामा दश महिनामा दुई करोड ४३ लाख राजस्व संकलन

कलैया– जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १०

प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको

कलुवापुर–बेलौरी राजमार्ग अझै भएन कालोपत्र 

कञ्चनपुर– कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको

खराब मौसमका कारण श्रीलंकामा दश हजारभन्दा बढी प्रभावित

कोलम्बो– तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलंकामा दश हजारभन्दा