माओवादीसँग एकताका लागि छलफल भएको छैन : धर्मेन्द्र बाँस्तोला (भिडियो) « Khabarhub

माओवादीसँग एकताका लागि छलफल भएको छैन : धर्मेन्द्र बाँस्तोला (भिडियो)


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ ।

शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले चुनावमा पराजय हुने डरले माओवादी अध्यक्ष प्रचण्डले नेकपासँग एकताको कुरा गरेको हुनसक्ने भन्दै आफ्नो पार्टीभित्र कुनै छलफल नभएको बताएका छन् । माओवादीको अवको चुनाव बिग्रने र प्रचण्डले पनि एक्लै चुनाव नजित्ने उनले बताए ।

बाँस्तोलाले वैज्ञानिक समाजवादमा जानका लागि मात्र नेपालमा बृहत कम्युनिष्ट एकता हुनसक्ने तर्क गरे। उनले न्यायालयमा देखिएको दृश्यले दुखित तुल्याएको भन्दै न्यायालयमा देखिएको घटना दलाल पूँजिवादी व्यवस्थाको उपज भएको जिकिर गरे ।

उनले वर्तमान संसदीय व्यवस्था परिवर्तका लािग जनमत संग्रहको चुनाव गर्नुपर्ने भन्दै जनमत संग्रहबिनाको चुनावमा सहभागी हुन नसक्ने बताए ।

बाँस्तोलाले जनतालाई मारमा पर्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै आन्दोलन घोषणा गरिएको जानकारी दिए। पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिले सवै क्षेत्रमा प्रभाव पर्ने भन्दै कुनै पनि हालतमा सरकारले मूल्यबृद्धि फिर्ता लिनुपर्ने उनले बताए ।

उनले पेट्रोलियम पदार्थमा सरकारले लिएको कर निकै धेरै भएको र निगमबाट राज्यमा बस्ने व्यक्तिले फाइदा लिएको आरोप लगाए । उनले अवको आन्दोलन शान्तिपूणरुपमा गर्ने बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ०५ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र