पोखरा–काठमाडौँ यात्रा दुई घण्टामा झार्छौं : अर्थमन्त्री शर्मा « Khabarhub

पोखरा–काठमाडौँ यात्रा दुई घण्टामा झार्छौं : अर्थमन्त्री शर्मा


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– अर्थमन्त्री जनार्दन शर्माले दुई सय किलोमिटर लामो पोखरादेखि काठमाडौँसम्मको सडक यात्रा दुई घण्टामा झार्ने दाबी गरेका छन् । पोखरामा उद्योगी व्यवसायीहरूसँग कुरा गर्दै उनले बाटोको यात्रा छोटो बनाए मात्रै आर्थिक विकासले तीव्रता पाउने बताए ।

‘पोखरा–काठमाडौँको सडक यात्रा २ घण्टामा झार्नका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको छु । बाटो छोटिए त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान दिन्छ,’ उनले भने । शर्माले कोरोना भाइरसका कारण निजी क्षेत्र जटिल अवस्थामा पुगेको भन्दै पुनरुत्थानका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए ।

‘पीडित व्यवसायीहरूको लागि घोषित पुनःकर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन गरिरहेका छौं । कसरी बढी लाभ दिन सकिन्छ भन्नेमा सरकार संवेदनशील छ,’ उनले थपे, ‘साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया समेत सुरु भैसकेको छ । उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य हो ।’

उत्पादन गर्ने उद्योगहरूलाई राज्यले जुनसुकै सुविधा पनि दिन सक्ने उनको प्रतिबद्धता छ । ‘उद्योग खोल्न के सुविधा चाहिन्छ ? त्यो दिन सरकार तयार छ’, उनले भने, ‘भन्सार छुट चाहियो कि, विद्युत वा कर छुट के चाहिन्छ ? सरकारले त्यो तत्कालै व्यवस्था गर्छ ।’

नेपालमा उत्पादित विद्युतको खपत देशभित्रै गर्ने गरी उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई उनले आग्रह गरेका छन् । अहिले पनि नेपालमा उत्पादन भएको ५ सय मेगावाट बिजुली प्रयोगविहीन भएको छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अवरोध हटाउन र उडान रुटको टुंगो लगाउन आग्रह गरेका थिए । यस्तै, व्यवसाय पुनरुत्थानका कार्यक्रमहरूलाई तीव्रता दिन समेत उनको आग्रह छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : २९ बजे

मनहरी गाउँपालिकामा करदाता सेवा सुरु

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ

युद्धविराम लम्बिँदा तनाव यथावत्

एजेन्सी– इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड

दाङको खुमखानीमा खानेपानीको समस्या

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या

बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास

नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा ‘फायर बाइक’देखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको

सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा

काठमाडौँ– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको