कम्युनिष्ट आन्दोलनलाई भ्रष्टीकरणबाट जोगाउन पार्टी पुनर्गठन गरिएको खतिवडाको दाबी « Khabarhub

कम्युनिष्ट आन्दोलनलाई भ्रष्टीकरणबाट जोगाउन पार्टी पुनर्गठन गरिएको खतिवडाको दाबी


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकिकृत समाजवादी) का स्थायी समिति सदस्य विरोध खतिवडाले आफूहरुले एकिकृत कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गरेको दाबी गरेका छन् । मकवानपुर जिल्लाको इन्द्रसरोबर गाँउपालिकामा पार्टीको वृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै स्वास्थ्यमन्त्रीसमेत रहेका उनले आफूहरु टुटेको र फुटेको नभई एकिकृत कम्युनिष्ट आन्दोलनलाई भ्रष्टीकरणबाट जोगाउन युगको माग अनुसार पार्टी पुनर्गठन गरिएको बताए ।

नेता खतिवडाले आफूहरु गफ गर्न सरकारमा नआएको स्पष्ट पारे। उनले भने, ‘हामी गफका लागि आएका होइनौं, विगतको सरकारले गरेको विकृतिलाई हटाउँछौं, जुन काम सुरु समेत भइसकेको छ ।’

फाखेलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रत्येक वडामा आधारभूत स्वास्थ्य चौकी र हरेक स्थानीय तहमा एउटा अस्पताल बनाउने र जनतालाई स्वास्थ्यमा सहज रुपमा पहुँच दिने गरी सरकारले योजना बनाइरहेको बताए । ‘विगतको सरकारले बजेट, डीपीआर र अस्पताल कहाँ बनाउने भनेर जग्गाकै सुनिश्चित नहुँदासमेत एकै दिन सबै स्थानीय तहमा अस्पताल शिलान्यास भनेर प्रपोगान्डा गरेको थियो, हामी चाँही जहाँ जहाँबाट यी तिन कुराको सुनिश्चितता सहित आवेदन आँउछ, त्यहाँ तत्काल पैसा पठाएर अस्पताल निर्माण सुरु गछौं’, खतिवडाले भने ।

कुन्साङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी केन्द्रीय निर्वाचन आयोगका सदस्य रामचन्द्र बल, प्रदेश समिति सदस्य तथा जिल्ला अध्यक्ष श्रीधर पोखरेल, प्रदेश समिति सदस्य गौतमवुद्ध लामा, इन्द्रसरोवर गाँउपालिका अध्यक्ष तथा जिल्ला कमिटीका उपसचिव जीवन लामा, जिल्ला सचिवालय सदस्य तथा स्वास्थ्य मन्त्री खतिवडाका प्रमुख स्वकीय सचिव माधव तिमल्सिना, जिल्ला सचिवालय सदस्य तथा युवा संघका जिल्ला अध्यक्ष किरणमान बल लगायतको आतिथ्यता रहेको थियो ।

भेलाले कुन्साङ लामाको अध्यक्षतामा ६५ सदस्यीय नेकपा (एकिकृत समाजवादी) को गाँउपालिकास्तरीय कमिटी तथा विष्णु महर्जनको अध्यक्षतामा ५५ सदस्यीय युवा संघको पालिकास्तरीय कमिटी गठन गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ४० बजे

मनहरी गाउँपालिकामा करदाता सेवा सुरु

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ

युद्धविराम लम्बिँदा तनाव यथावत्

एजेन्सी– इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड

दाङको खुमखानीमा खानेपानीको समस्या

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या

बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास

नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा ‘फायर बाइक’देखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको

सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा

काठमाडौँ– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको