कम्युनिष्ट आन्दोलनलाई भ्रष्टीकरणबाट जोगाउन पार्टी पुनर्गठन गरिएको खतिवडाको दाबी « Khabarhub

कम्युनिष्ट आन्दोलनलाई भ्रष्टीकरणबाट जोगाउन पार्टी पुनर्गठन गरिएको खतिवडाको दाबी


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकिकृत समाजवादी) का स्थायी समिति सदस्य विरोध खतिवडाले आफूहरुले एकिकृत कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गरेको दाबी गरेका छन् । मकवानपुर जिल्लाको इन्द्रसरोबर गाँउपालिकामा पार्टीको वृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै स्वास्थ्यमन्त्रीसमेत रहेका उनले आफूहरु टुटेको र फुटेको नभई एकिकृत कम्युनिष्ट आन्दोलनलाई भ्रष्टीकरणबाट जोगाउन युगको माग अनुसार पार्टी पुनर्गठन गरिएको बताए ।

नेता खतिवडाले आफूहरु गफ गर्न सरकारमा नआएको स्पष्ट पारे। उनले भने, ‘हामी गफका लागि आएका होइनौं, विगतको सरकारले गरेको विकृतिलाई हटाउँछौं, जुन काम सुरु समेत भइसकेको छ ।’

फाखेलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रत्येक वडामा आधारभूत स्वास्थ्य चौकी र हरेक स्थानीय तहमा एउटा अस्पताल बनाउने र जनतालाई स्वास्थ्यमा सहज रुपमा पहुँच दिने गरी सरकारले योजना बनाइरहेको बताए । ‘विगतको सरकारले बजेट, डीपीआर र अस्पताल कहाँ बनाउने भनेर जग्गाकै सुनिश्चित नहुँदासमेत एकै दिन सबै स्थानीय तहमा अस्पताल शिलान्यास भनेर प्रपोगान्डा गरेको थियो, हामी चाँही जहाँ जहाँबाट यी तिन कुराको सुनिश्चितता सहित आवेदन आँउछ, त्यहाँ तत्काल पैसा पठाएर अस्पताल निर्माण सुरु गछौं’, खतिवडाले भने ।

कुन्साङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी केन्द्रीय निर्वाचन आयोगका सदस्य रामचन्द्र बल, प्रदेश समिति सदस्य तथा जिल्ला अध्यक्ष श्रीधर पोखरेल, प्रदेश समिति सदस्य गौतमवुद्ध लामा, इन्द्रसरोवर गाँउपालिका अध्यक्ष तथा जिल्ला कमिटीका उपसचिव जीवन लामा, जिल्ला सचिवालय सदस्य तथा स्वास्थ्य मन्त्री खतिवडाका प्रमुख स्वकीय सचिव माधव तिमल्सिना, जिल्ला सचिवालय सदस्य तथा युवा संघका जिल्ला अध्यक्ष किरणमान बल लगायतको आतिथ्यता रहेको थियो ।

भेलाले कुन्साङ लामाको अध्यक्षतामा ६५ सदस्यीय नेकपा (एकिकृत समाजवादी) को गाँउपालिकास्तरीय कमिटी तथा विष्णु महर्जनको अध्यक्षतामा ५५ सदस्यीय युवा संघको पालिकास्तरीय कमिटी गठन गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ४० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष