कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल « Khabarhub

कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताएका छन् । उनले जनताको आशा र भरोसाको पार्टी कांग्रेस मात्र भएकाले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा जिल्ला कार्यसमिति सदस्य तथा इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व मिरा अधिकारी लामाको २२औँ पुण्य तिथिमा आयोजित श्रद्वाञ्जलीसभामा नेता पौडेलले जनताको भरोसाको पार्टी बनाउन आशन्न महाधिवेशनले ठूलो भूमिका खेल्ने बताए।

उनले आगामी १४औँ महाधिवेशनले सही नेतृत्व चुन्नेमा आफू ढुक्क रहेको बताए । देशलाई रूपान्तरण गर्नुपर्ने आवयश्कता रहेको टिप्पणी गरे । स्व लामा एक विकास प्रेमी, सुशासन प्रेमी र लोकतन्त्रको हिमायती महिला भएको पौडेलले बताए ।

सो अवसरमा पार्टी जिल्ला सभापति एवम लामाका श्रीमान् विकास लामा, कांग्रेस क्षेत्रीय सभापति आइतमान तामाङक, ईन्द्रावती गाउपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङलगायतले स्व लामाले महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य योगदान दिएको बताए। उनको नाममा स्मृती भवन स्थापना गर्ने सो अवसरमा घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ५५ बजे

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ