इन्धनको मूल्य वृद्धिविरुद्ध मुगुमा विप्लवको विरोध प्रदर्शन « Khabarhub

इन्धनको मूल्य वृद्धिविरुद्ध मुगुमा विप्लवको विरोध प्रदर्शन


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मुगुको सदरमुकाम गमगढी बजारमा विरोध प्रदर्शन गरिएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मुगुले बजार परिक्रमा गरी विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका विप्लव कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर , भ्रष्टाचारी मुर्दावाद, दलाल मुर्दावादलगायत नारा लगाएका थिए ।

गमगढीमा भएको प्रदर्शनमा नेकपा मुगुका जिल्ला कार्यालय सचिव सर्पु रोकायाले पेट्रोलियम पदार्थ तथा खाद्यवस्तुमा सरकारले मूल्यवृद्धि गरेको भन्दै त्यसविरुद्ध सङ्घर्षमा उत्रिएको बताए ।

पार्टी महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ति निकालेर नेपाल बन्दसहितको विरोध कार्यक्रम घोषणा गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १० : ५५ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको