सत्यजितको नेतृत्वमा क्रिकेट अम्पायर्स एन्ड स्कोररर्स एशोसिएशन « Khabarhub

सत्यजितको नेतृत्वमा क्रिकेट अम्पायर्स एन्ड स्कोररर्स एशोसिएशन


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्यजित सरकारको नेतृत्वमा क्रिकेट अम्पायर्स तथा स्कोररर्स एशोसिएशन अफ नेपालको कार्यसमिति चयन भएको छ । शनिबार बुटवलमा सम्पन्न एशोसिएशनको पहिलो अधिवेशनबाट ४४ मत ल्याएर सरकार अध्यक्षमा निर्वाचिनत भएका छन् । अध्यक्षका अर्का प्रत्याशी रूपन्देहीकै मोहम्मद सफिक (समीर खान) ले २२ मत प्राप्त गरेका थिए ।

लक्ष्मणनाथ योगी ४३ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी वासुदेवलाल कर्णले २३ मत प्राप्त गरे । सचिवमा ३४ मत प्राप्त गरी मनोहर अधिकारी निर्वाचित भए । उनका प्रतिस्पर्धी मेहबुब रेजा राइनले ३२ मत प्राप्त गरे ।

तीन पदमा निर्वाचन भए पनि अन्य पदमा भने सर्वसम्मत भएको थियो । कोषाध्यक्षमा हिमालराज गिरी निर्वाचित भए । सदस्यमा मांगीलाल शर्मा, नीरजकुमार सिंह, सुरजरत्न शाक्य, सञ्जयकान्त सिग्देल, मञ्जुल भट्टराई, महेश बोहरा चुनिएका छन् । महिला सदस्यमा सुनिता नेपाली चुनिइन् ।

क्रिकेट अम्पायर्स तथा स्कोररर्स एशोसिएशन अफ नेपाल यसअघि तदर्थ समितिमा रहेको थियो । बुद्धिबहादुर प्रधान तदर्थ समितिका अध्यक्ष थिए । दुई दिने साधारणसभा र अधिवेशनबाट सरकारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको कार्यकाल चारवर्षको हुनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ९ : ४० बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित