लाम्पाटा–दरबाङ सडक अलपत्र | Khabarhub Khabarhub

लाम्पाटा–दरबाङ सडक अलपत्र


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ ।

गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।

सडक विस्तार गरेर कालोपत्रे गर्न सञ्चालित आयोजना अलपत्र पर्नुका साथै नागरिकलाई सास्ती भएको मङ्गला गाउँपालिका–२ रणबाङका मोतीलाल शर्माले बताए । ‘अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको छ’, उनले भने, ‘पछिल्लो आठ महिनायता सडक निर्माणको काम ठप्प बनेको छ ।’ सो ठेकेदारको जिम्मामा पर्ने बाङ्गे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ ।

बर्खामा खसेको पहिरो नफालिएकाले सडक साँघुरिएको छ । बलौटेमा म्याग्दी नदिले कटान गरेर जोखिम बनाएको छ । बिच सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले सवारी साधन ठोक्कीने गरेको ट्याक्सी चालक रमेश भण्डारीले गुनासो गरे ।

लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म पचास प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ । कार्यालयका प्रमुख सन्तोष अर्यालले फोन सम्पर्क गर्दा आउँछु आउँछु भनेर प्रतिक्रिया दिने ठेकेदार कम्पनीका प्रतिनिधि नआएका र काममा फर्काउन ताकेता गरिएको बताए ।

बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले नदीजन्य निर्माण सामग्री (ढुङ्गा, गिट्टी र बालुवा) नपाएकाले सडक निर्माण प्रभावित भएको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा पर्ने बेनीदेखि सिमसम्मको सडक कालोपत्रेको तयारी भएको छ ।

समानान्तर–लामा जेभीका आयोजना व्यवस्थापक राजेश सदाले सातवटा प्याकेजमा नाली, पर्खाल निर्माण र कालोपत्रेका लागि रोडा बिछ्याएर रोलरले पेल्ने काम भइरहेको बताए। विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको तीन दशमलव ६१५ किलोमिटर सडक स्तरोन्नतिका लागि रु दुई करोड ९५ लाख बजेट आएको र ठेक्का सम्झौताको तयारी भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : १८ बजे

चालु आर्थिक वर्षको १७ दिन बाँकी, पुँजीगत खर्च ४५ र आम्दानी ७३ प्रतिशतमा सीमित 

काठमाडौं– चालु आर्थिक वर्ष सकिन अब १७ दिन मात्रै बाँकी

आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षाको जोखिम

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका

पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तकको विस्तृत सूची सार्वजनिक

काठमाडौं– नेपाली साहित्य क्षेत्रको प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार– २०८१’ का

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान १०

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध रौनकले पनि बनाए अर्धशतक, ३० ओभरमा बन्यो २६८ रन

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट