संघीय सांसदको कोरोना परीक्षण आज, भोलि संसद बैठक « Khabarhub

संघीय सांसदको कोरोना परीक्षण आज, भोलि संसद बैठक


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसदको दुवै सदनको अधिवेशन भोलि मंगलबारबाट सुरु हुँदैछ ।

संसदमा उपस्थित हुनु अघि संघीय सांसदहरुको आज सोमबार कोरोना परिक्षण गरिने भएको छ ।

संसद सचिवालयले एक सूचना जारी गरी प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सबै साँसदहरु, संघीय संसदका महासचिव तथा सचिवहरु तथा विभिन्न महाशाखाका प्रमुखसहित सम्बन्धित महाशाखाका कर्मचारीहरु, मर्यादापालक एवं सुरक्षाकर्मीहरुको पनि कोरोना परीक्षण गरिने जनाएको छ ।

बिहान ११ बजेदेखि ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा एन्टीजेन परीक्षणको व्यवस्था मिलाइएको छ। संघीय संसदको अधिवेशन भोली दिउँसो २ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : ४८ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको