विश्व हिन्दू महासङ्घमा विज्ञप्तिको विवाद « Khabarhub

विश्व हिन्दू महासङ्घमा विज्ञप्तिको विवाद


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिको लेटर प्याडमा हस्ताक्षरविना विज्ञप्ति जारी गरिएको भन्दै नयाँ विवाद सुरु भएको छ ।

समितिको विधानअनुसार महासभा बैठक संस्थाको सर्वोच्च निकाय हो । जसले आगामी कार्यकालको लागि नयाँ नेतृत्व छनोट गर्छ । निश्चित सदस्यलाई मात्र खबर गरी नयाँ नेतृत्व हत्याउने उद्देश्यले गुपचुपरुपमा महासभा बैठक गरिएको भन्दै एक पक्षले विरोध गरेको छ ।

बैठकमै उपस्थित दुई पक्षबीचमा पनि महासचिव अस्मिता भण्डारी र कार्यसमिति सदस्य किशोरकुमार गौतमपक्षबीच भावी अध्यक्षको विषयलाई लिएर विवाद भएको थियो ।

विवादपछि कार्यवाहक अध्यक्ष चक्रबन्धु अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्दै असहज परिस्थितिका कारण महासभा बैठक हाललाई स्थगित गरी उपयुक्त समयमा गर्ने उल्लेख गरेका छन्।

महासचिव पक्षले भने नयाँ नेतृत्व छनोट गरेको भन्दै लेटरप्याडको दुरुपयोग गरी हस्ताक्षरविनाको विज्ञप्ति निकालेको भनी महासङ्घका सदस्यले विरोध गर्न थालेका छन् ।

भण्डारी पक्षले निकालेको विज्ञप्तिमा महासङ्घ अन्तर्राष्ट्रिय समितिको भारत शाखाले समर्थन गरेको उल्लेख छ । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत भण्डारीलाई नै समर्थन रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासङ्घ भारतका महामण्डलेश्वर योगी अलखनाथ उद्घाटन कार्यक्रमको प्रमुख अतिथि रहेका थिए । उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समर्थन भण्डारीलाई रहेको मन्तव्य व्यक्त गरेपछि गौतम पक्षका मानिस प्रमुख अतिथिप्रति खनिएको दाबी गर्दै हस्ताक्षरविनाको विज्ञप्ति निकालिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  २ : २१ बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन