शंकास्पद लागुऔषधसहित दम्पती पक्राउ « Khabarhub

शंकास्पद लागुऔषधसहित दम्पती पक्राउ


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– शंकास्पद लागुऔषधसहित झापाको मेचीनगरबाट दम्पतीनै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ब्राउन सुगर जस्तो शंकास्पद लागुऔषधसहित मेचीनगर १ बाहुनडाँगीका २१ वर्षीय सुजन राजपूत र उनकी श्रीमती १८ वर्षीया पूजा राजपूत मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायवउपरीक्षक राकेश थापका अनुसार उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगरजस्तो लिसाईलो बस्तु फेला परेको र थप अनुसन्धान जारी रहेको छ । उनीहरु मेचीनगर १३ चारआलीबाट पक्राउ परेका हुन् ।

लिसाईलो वस्तुको बढ्दो कारोवार

परम्परागत ब्राउनसुगरको साटो झापामा केही समययता लिसाईलो शंकास्पद बस्तुको कारोवार बढेको छ । राजपूत दम्पतीबाट मात्र होईन अन्य व्यक्तिहरुबाट पनि यस प्रकारको बस्तु फेला परेपछि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रवक्ता थापाका अनुसार झापाकै बुद्धशान्ति ३ बाट पनि यस्तै शंकास्पद वस्तुसहित विभिन्न व्यक्ति पक्राउ परेका छन् । सो ठाउँका दिनेश कुमालबाट पनि ब्राउन सुगर जस्तै ४ ग्राम लिसाईलो बस्तु बरामद भएको छ ।

नगद ४ हजार र सो वस्तुसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँका ४३ वर्षीय शेषराज सापकोटाको घर खानतलासी गर्दा पनि त्यस्तै लिसाईलो वस्तु भेटिएको छ ।

कोडिन, नाईट्रोजन लगायतका लागुऔषधसहित उनको घरबाट १० ग्राम शंकास्पद लिसाईलो बस्तु फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेको व्यक्ति र सो शंकास्पद लिसाईलो वस्तुबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ३ : ५७ बजे

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका