चुनावमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

चुनावमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको चुनाव तोकिएको मितिमा हुने बताउँदै तयारीमा जुट्न निर्देशन दिएका छन् ।

विहीबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा ओलीले तोकिएको समयमा चुनाव हुने बताउँदै निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार निर्वाचन गर्नेबारे छलफल भएको हो । छलफलमा क्रममा ओलीले सूर्य चिन्ह आफूहरूले नै पाउने बताएका थिए ।

उनले प्रथम अध्यक्ष र महासचिव आफूसँगै रहेकाले विधानअनुसार आधिकारिक नेकपा आफूहरु नै भएको स्पष्ट पारेका थिए ।

बैठकमा हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण र बैठकहरूले पार्टीको पक्षमा जनलहर बढेको बारेमा समेत मन्त्री तथा स्थायी कमिटी सदस्यहरुले ओलीलासँग  ब्रिफिङ गरेको उनले बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे ओलीले सुवास नेम्वाङसँग जानकारी लिएका थिए ।

नेम्वाङले सर्वोच्चमा परेको रिटको सुनुवाइ विषयमै प्रवेश नगरेको र अहिले संवैधानिक इजलास कि पूर्ण भन्ने नै नटुंगिएको विषयमा जानकारी गराएका थिए ।

अनौपचारिक छलफल भनिएकाले आज कुनै निर्णय नभएको उनले बताए ।

गत पुस ५ मा संसद् विघटनसँगै नेकपालका दुवै पक्षले आ-आफ्ना गतिविधिलाई तीव्र पार्दै आएका छन् ।

नेकपा दाहाल-नेपाल समूहले प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सडक संघर्षलाई निरन्तरता दिँदै आएको छ भने ओली समूहले चुनाव तोकिएकै समयमा हुने बताउँदै जिल्लाव्यापी प्रशिक्षण तथा भेलाका कार्यक्रमलाई तीव्रता दिँदै आएको छ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ७ : ३३ बजे

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका